समाचार

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा राखिएको हो: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। भन्सार विभाग त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए। ‘द�. . .


एमसीसीको विषय पार्टी भित्रै बहस छ : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा जाने बताउनु भएको हो । यदि त्यस�. . .


१८ महिने बालिकाको हत्या गरेको आरोपमा दाजुभाइ पक्राउ, प्रहरीले सार्वजनिक गर्दै

विराटनगर । मोरङको सुन्दरहरैचा–७ मा १८ महिने बालिकाको हत्या आशङ्कामा मोरङ प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ७ कै २५ वर्षीय दाजु अजय चौधरी र २२ वर्षीय भाइ मिथुन चौधरी छन् । अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा शनिबार नोबेल अस्पतालमा मृत्यु भएको थियो । बालिक. . .


सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनु पर्छ : मन्त्री आले मगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाल. . .


विराटनगरको मेरिल्याण्ड कलेजलाई काठमाडौंमा शिक्षा सेवा सम्मान

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान २०७८बाट सम्मानित गरिएको छ । काठमाडौंमा एक भव्य कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेलले फोकस नेपाल संस्थाद्वारा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश एक र पूर्वकै व्यवस्थापन शिक्षामा सधै अग्रण. . .


स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि त�. . .


महिला दिवसको अवसरमा आयोजित दुईदिने कार्यशाला सम्पन्न

विराटनगर । महिला दिवसको अवसरमा महिला उद्यमी संघ नेपाल मोरङ शाखाद्वारा आयोजित दुईदिने कार्यशाला सम्पन्न भएको छ । नमस्कार होटल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित कार्यशाला शनिबार सम्पन्न भएको हो । पहिलो दिन संघले म्यानुअल कफी बनाउने कार्यशाला राखेको थियो । जसमा सहभागी महिलाहरूले मोका पोट र भी सि. . .


आजदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली काँग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी लागि आइतबारदेखि एकमहिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्दैछ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदा�. . .


जग्गा ठगी प्रकरण : वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ. . .


नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौत�. . .


ब्राउनसुगरसहित दुई पक्राउ

झापा । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार इलाका प्रहरी कार्या�. . .


पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्यासस�. . .