समाचार

सहनी सेवा समिति विराटनगरको अध्यक्षमा जगुन

विराटनगर । सहनी सेवा कल्याण समिति विराटनगरको अध्यक्षमा जगुन सहनी चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहनी सेवा कल्याण समितिको तेस्रो साधरणबाट सहनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा लक्ष्मण सहनी, सचिव बैजनाथ सहनी, सह सचिब अर्जु सहनी र कोषाध्यक्षमा दिनेश सहनी चयन भएका छन् । स. . .


फोक्सवागन कम्पनीको ‘टाइगुन’ गाडी बजारमा, विराटनगर क्षेत्रमा विशेष छुट

विराटनगर । फोक्सवागन कम्पनीको टाइगुन गाडी बजारमा आएको छ । विराटनगर ६ मुनालपथ स्थित पुजा इन्टरनेश्नल नेपाल प्रालिले फोक्सवागनको टाइगुन गाडी शुक्रबार एक समारोहको बिच बजारमा ल्याएको हो । जर्मन कम्पनीको अत्याधुनिक उपकरण जडान गरिएको टाइगुन गाडीमा टिएसआइ इन्जिन रहेको छ । हजार लिटर भएता पनि १५ सय सिसि भ. . .


नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

गोदावरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउनुभएको छ । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको हो । मन्त्री झाँक्रीले . . .


दिल्लीमा आगलागीबाट सातको मृत्यु

नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो । सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अ�. . .


फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो

कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्ध�. . .


चैत्र ५ गतेदेखि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला’ हुने : दर्जनौ राष्ट्रिय कलाकारहरु आउने

विराटनगर । राजवंशी समुदायको भाषा संस्कृति संरक्षण तथा सम्वर्द्धनको उद्देश्यका साथ विराटनगरमा पहिलोपटक ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना हुने भएको छ । राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आउँदो चैत्र ५ गतेदेखि १५ गतेसम्मका लागि उक्त मेला आयोजना गर. . .


झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापा । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई �. . .


मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जन�. . .


शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब तीन करोड

काठमाडौं । कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/२०७९ को सात महिनाको तथ्याङ्कमा आधारित भएर शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुस�. . .


राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

विराटनगर । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ । विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ । प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानम. . .


माओवादी केन्द्रले कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतलाई ज्ञापनपत्र बुझाउँदै

विराटनगर । मोरङको कटहरी गाँउपालिका प्रमुखको मिलेमतोमा करोडौं रकम हिनामिना भएको र राजश्व रकममा भएको अनियमितता छानविनलगायतको विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाले शुक्रबार कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीह. . .


‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुग्यो पूर्वाञ्चल क्रिकेट क्लब

विराटनगर । पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरमा जारी इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्च�. . .