समाचार

अवैध लागूऔषध सहित पक्राउ

सप्तरी । सप्तकोशी नगरपालिका वडा २ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा १३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा ८ हडिया बस्ने ३४ वर्षीय बि�. . .


चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा मङ्गलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुरा�. . .


कलाकार जयनन्द लामाको निधन

विराटनगर । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । मंगलबार राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका �. . .


नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो । कम्पनिले नि�. . .


प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले ओरालो लागेर ९६ हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार तोकिएको छ । जसको मूल्य मङ. . .


बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र. . .


सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा ७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु,१ जना घाईते भएका छन । मंगलबार राती करिब ८ बजेको समयमा पैदल यात्री मेचीनगर वडा ८ बस्ने १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको बी एण्�. . .


आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन

गलकोट । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्�. . .


लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो. . .


भरतपुरको पहाडी क्षेत्रमा खानेपानी

चितवन । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । रु.एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–२९ ढोडेनी. . .


महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित

महोत्तरी । नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन् । कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो । कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कुचुल्किएर बस्नु�. . .


देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, . . .