समाचार

भारतमा एघार हजार पाँचसयभन्दा बढी कोरोना सङ्क्रमित

आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख ७ हजार ४६ जना पुगेको छ । हाल भारतमा ९४ हजार ४२० सक्रिय सङ्क�. . .


बलिउड अभिनेत्री आलिया भट आमा बन्दै

बलिउड अभिनेत्री आलिया भट केहि महिना भित्रै आमा हुने भएकी छिन् । रणबीर र आलिया भटले यसै वर्ष १४ अप्रिलमा विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मा�. . .


चितवन राष्ट्रिय निकुञ्जमा गोहीका ४९६ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै . . .


देशभर मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघ�. . .


पाँचथरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ जना घाईते

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार बेलुका करिब ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा �. . .


नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नाग�. . .


तनहुँमा खोलाले बगाएर एक बालिकाको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पता. . .


रसुवागढी हाइड्रोपावरको आइपिओ स्थानीयलाई खुला

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)क�. . .


वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने नि�. . .


प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले बढेर रु.९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु.९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९७ हजार २०० छ । यसको मूल्य अघिल�. . .


विराटनगरका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप

विराटनगर । विराटनगर महानगरपालिका भित्र ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भईरहेको छ । महानगरपालिका भित्र १९९ खोपकेन्द्रमा लक्षित समूहका सबै बालबालिकालाई खोप सेवा दिने काम भईरहेको हो । विद्यालय र विद्यालय बाहिर रहेका बालबालिकालाई समेत खोप लगाउने कार�. . .


मस्तिष्काघात : ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा उपकरण) प्रदान गर्दै �. . .