समाचार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार हुने

काठमाडौँ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै बलियो भए पन�. . .


विभिन्न सञ्चार माध्यममा आवद्ध चरिकोटका ६ पत्रकार सम्मानित

चरिकोट विभिन्न सञ्चार माध्यममा आवद्ध रही चरिकोटबाट सक्रिय पत्रकारिता गर्दै आएका ६ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महाङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६औँ स्मृित दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ�. . .


निर्माणाधीन निजामती स्मारक क्षेत्रमा बृक्षारोपण

काठमाडौँ निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्र मअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६ ५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ । राजधान�. . .


कोरोनाका कारण बालबालिकालाई लगाइने नियमित खोप प्रभावित

काठमाडौँ कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्य त. . .


भारतमा ४१ हजार ९ सय ६५ जना कोरोना सङ्क्रमित थप

नयाँदिल्ली भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९ सय ६५ जना कोरोना सङ्क्रमित भएका छन् । सोही अवधिमा ४ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ । . . .


क्याम्पसमा विद्यार्थीले लगाए ताला

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय म्यानेजमेन्ट क्याम्पस विराटनगर–१ को प्रशासनमा विद्यार्थीले तालाबन्दी गरेका छन् । कोभिड–१९ को महामारी र उत्पन्न परिस्थितिमा समेत क्याम्पस प्रशासनले विद्यार्थीको सुझावका बारेमा ध्यान नदिएको भन्दै तालाबन्दी गरिएको हो । विद्यार्थीहरुले क्याम्पस प्रशासनले वि�. . .


अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

इस्लामावाद अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ । पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताउनुभएको हो । उहाँले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताउनुभ. . .


राष्ट्रिय अपांग महासंघ नेपालको २८ औं स्थापना दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइयो

विराटनगर आकृति रानी फुयल राष्ट्रिय अपांग महासंघ नेपालको २८ औं स्थापना दिवस नेपालभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ। ' नोथिंग अबाउट अस विदआउट अस ' मूल नाराका साथ स्थापना भएको उक्त संस्थाले कोरोना महामारीका बीच पनि आफुसंग आबद्ध रहेका संस्थाहरुका केहि सिमित व्यक्तिहरुको उपस्थितिमा प्रदेश १ कार्�. . .


मुख्यमन्त्री आचार्य अल्पमतमा, सांसद रोक्न नसकेको आरोप पनि सहनु पर्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका �. . .


प्रदेश १ का १० सांसदले एमाले छोडेर एकीकृत समाजवादीमा

विराटनगर । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन भन्दै प्रदेश १ का १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्ने १० सांसद पुगेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुर�. . .


सातजनाले सनाखत गरिसके, तीनजनाको बाँकी

विराटनगर । प्रदेश १ का ७ जना नेकपा एमालेका सांसदहरूले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गराईसकेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा खोटाङ�. . .


पेस्तोलसहित दुईजना पक्राउ

पथरी । मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट प्रहरीले पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो । मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बय�. . .