समाचार

विराटनगरका उद्योगी–व्यवसायीले मौद्रिक नीतिमा बैंकको स्प्रेडदर ३.५ प्रतिशत कायम गराउन अर्थमन्त्रीसँग माग

विराटनगर । मौद्रिक नीतिमा बैंकको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य संघ मोरङको टोलिले भेटेर यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले बैंकिङ्ग क्षेत्रको स्प्रेडदर अधिकतम ३.५ प्र. . .


तीन सय बढीको कोरोनाका कारण मृत्यु

चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार सम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । . . .


पाल्पाको ठिमुरेमा एक युवा मृत फेला

पाल्पा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा शुक्रवार एक जना युवा मृत फेला परेका छन् । स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना बिहीबार दिउँसो घाँस काट्न घर नजिकै जङ्गलमा गएका थिए । उनी शुक्रवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातील�. . .


मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई कलाकार समुहले ४३ वटा पक्की घर निर्माण गरिदिने

सिन्धुपाल्चोक कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा प्रभावितलाई ४३ वटा पक्की घर निर्माण गरिदिने भएका छन् । देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ वटा पक्की घर बनाइदिने घोषणा . . .


रावलद्वारा सांसद पदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावलले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिनुभएको थियो । एमाले विवादका कारण रावलले गत आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिनुभएको थियो । रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष के�. . .


विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

बाल्टिमोर (मेरिल्याण्ड) विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।. . .


उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्वारा प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा

काठमाडौँ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले समृद्ध नेपालको परिकल्पना पूरा गर्न निर्�. . .


विराटनगरका उद्योगी व्यवसायीद्वारा विद्युत समस्याको समाधानका लागि सरकारलाई ध्यानाकर्षण

विराटनगर विद्युतको समस्या झेल्दै आएका विराटनगरका उद्योगी व्यवसायीले समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ नियुक्त भएर आएकी मन्त्री पम्फा भुषाललाई भेट्दै विराटनगरका व्यापारीले तत्काल बिद्युत समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघको अगुवाईमा भएको �. . .


टोकियोमा हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन आज हुँदै

काठमाडौँ विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदै छ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबिच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधवार देखी नै सुरु भइसकेको छ । ओलम. . .


च्याउ खेतीले सफलता दिएसँगै उत्तरी रसुवामा व्यावसायिक उत्पादन सुरु

रसुवा उत्तरी रसुवामा पहिलो पटक परीक्षण गरिएको च्याउ खेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन सुरु भएको छ । स्थानीय बासिन्दाका साथै लाङटाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथम पटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो । रोपणका लागि अन्य ४०० थ. . .


कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कञ्चनपुर कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको भीमदत्त नगरपालिका –२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ । स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइ. . .


बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगन्ज बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो । यो सँगै कोरोनाबाट हालसम्म बाँकेक�. . .