समाचार

एक सय ८४ किलो चरेससहित तीनजना पक्राउ

रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद ग�. . .


भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख भन्दा बढी

भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्�. . .


डेंगु, जिका भाइरस जस्ता रोगका कारण चिन्ताको विषय बन्दै

सपना थामी काठमाडाैं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम सुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ । तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम सुरु हुन�. . .


प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जन�. . .


विराटनगर ८ बलुवाहीमा छठ पर्व सास्कृतिक कार्यक्रम, कलाकारद्धय सम्मानित (फोटो फिचर सहित)

विराटनगर । हरेक बर्ष विराटनगर ८ बलुवाहीमा हुदै आएको छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रममा कलाकारलाई सम्मान गरिएको छ । श्री छठ पुजा समारोह २०७८ बलुवाहीले आयोजना गरेका कार्यक्रममा फिल्म निर्माता तथा कलाकार दिपाश्री निरौला र राष्ट्रिय गायक सुमित खड्कालाई सम्मान गरिएको हो । ३ दिन सम्म जारी छठ पर्व स�. . .


मिस नेवा कोशीको ठाँउमा मिस नेवा प्रोभिन्स १ राखियो ,विराटनगरमा चाडै हुदै

विराटनगर । विगत लामो समयदेखि विराटनगरमा हुदै आएको मिस नेवा कोशीको नाम परिवर्तन गर्दै आयोजकले मिस नेवा प्रोभिन्स १ राखेको छ । नेवार समुदायको युवतीहरु सहभागी भइ हुने मिस नेवाको यो चौथो सस्करण हुने भएको आयोजकले जनाएको छ । कोरोना भाइरसको महामारीले विगत दुई बर्षदेखि स्थगित भएको मिस नेवा पुनः बृहत् र फरक र. . .


मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा लामिछाने

चितवन । मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिनुभयो । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोड्नुभयो । ल. . .


बीउ पाउनै मुस्किल

विष्णुप्रसाद पोखरेल दमक । खेतीका लागि किसानलाई आलुको बीउ किन्नै मुस्किल भएको छ । यो पटक कोल्डस्टोरमा राखिएको तथा किसान आफैँले राखेको आलु पनि बिग्रिएपछि किसानलाई बीउको चिन्ता परेको हो । भारतबाट आयातित आलुको बीउमा एकरूपता नभएको र एकै दिन आलुको बीउको मूल्य फरकफरक भएपछि किसानहरू ठगिन पनि थालेका छन् । द�. . .


कमजोर कथामा बेजोड एक्सन

सुकृत नेपाल बलिउड निर्देशक रेहित शेट्टीले बनाउनुभएका प्रायः चलचित्रहरू एक्सनमय हुन्छन् । ‘सूर्यवंशी’ पनि एक्सनले भरिएको मसलादार चलचित्र हो । चलचित्रले अहिले सय करोडभन्दा माथि कमाइसकेको छ । रोहित शेट्टी प्रायः पुलिसको कथालाई मुख्य विषयवस्तु बनाएर चलचित्र बनाउने गर्नुहुन्छ । उहाँले अजय देवगनलाई. . .


एमाले महाधिवेशन लोगोमा एकसिङे गैँडा

गोरखापत्र समाचारदाता ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले शुक्रबार महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय सम्मेलनका लागि स�. . .


कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो । उहाँले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसक�. . .


मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ । अघिल्लो महिनादेखि नै परी. . .