सिराज खान नेपालगञ्ज । बाँकेमा मंगलबार १२ वर्षदेखि १७ वर्ष सम्मका एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदैछ । एक हजार बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउन लागिएको जिल्लाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता . . .
कालीकोट । कालीकोट जिल्लामा सरुवा रोग अस्पतालको उद्घाटन गरिएको छ । एकीकृत भवनमा रहेको कोभिड अस्पताललाई एक समारोहकाबीच सरुवा रोग अस्पतालमा रुपान्तरण गरिएको हो । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गदै रोग, भोग र अशिक्षाको उपाधी पाएको कर्णालीमा अन�. . .
एजेन्सी । संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्�. . .
काठमाडौँ । आकर्षक र तुलनात्मक रूपले सस्तो लागत भनिएको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना विस्तृत इन्जिनियरिङ अध्ययनको काम निर्धारित समयमा पूरा नहुने देखिएको छ । यससँगै निर्माणका लागि निर्धारित लक्ष्य पनि पूरा नहुने देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सोही आवमा निर्माण थाल्न. . .
जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुग्नुभएकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उहाँ नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लाग्नुभयो । दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ�. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम. . .
एजेन्सी । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभा. . .
एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिने पक्का भएको छ । राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि पनि पावेललाई नै निरन्तरता दिने निर्णय गर्नुभएको हो । पावेललाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गर्नुभएको थियो । कोरोना महामारीले अर्थतन्त्र. . .
नगेन्द्र सापकोटा काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागक. . .
दाङ । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादु. . .
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि १० इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोक्नुभएको छ । दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोक�. . .
गोरखा । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् । उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्र�. . .