समाचार

विराटनगर जुनियर जेसिजको अन्तरक्रिया

विराटनगर । विराटनगर जुनियर जेसिजले जेसिज अभियानकर्मीलाई उत्प्रेरणामुलक अन्र्तक्रिया सम्पन्न गरेको छ । अनलाईन मार्फत मंगलबार गरिएको अन्र्तक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहनु भएको थियो । सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. . .


अक्सिजन अभाव हुँदा नोबेलमा संक्रमित भर्ना रोकियो

विराटनगर । आपूर्तिकर्ताले अक्सिजन दिन नसक्ने बताएपछि नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको भर्ना रोकिएको छ । अक्सिजन आपूर्ति प्रणाली सहज नहुँदासम्म अल्पकालिन समयका लागि नयाँ संक्रमित भर्ना रोकिएको हो । अक्सिजन उत्पादन गर्ने उद्योगमै समस्या आएपछि नोबेलमा अभाव भएको प्रवन्धक नारायण दाहालले जानका�. . .


मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप. . .


विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताउनुभएको छ । उहाँले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उहाँले सो कुरा बताउनु. . .


प्रदेश १ मा ८९७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .


विराटनगरको सिर्जना फाइनान्स सिटिजन्स बैंकसँग ‘मर्ज’ हुने

विराटनगर। बिराटनरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई सिटिजन्स बैंकले प्राप्ति (एक्वायर) गरेको छ । सिटिजन्स र सिर्जना फाइनान्सबीच एक्वायर गर्ने अन्तिम सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक त. . .


हेटौँडा अस्पतालको मेसुमा डा सापकोटा नियुक्त

वाग्मती वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा साप. . .


कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

हेटौँडा वाग्मती प्रदेश राजधानी हेटौँडाको मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय. . .


कोरोना कहर : भोक सहनै गाह्रो भयो सप्तरीका दुई महिलालाई

सप्तरी हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला �. . .


कोरोना कहरकाबीच अस्तव्यस्त लालबन्दी माछा बजार

लालबन्दी लालबन्दी नगरपालिका—७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ । नगरपालिका—७ को भित्री बजारमा सो�. . .


कोरोनाले आक्रान्त बनाएपछि मास्क लगाएर किसानले सुरु गरे खेती

बागलुङ कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘‘काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर का�. . .


जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

अमेरिका अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड. . .