समाचार

विराटनगरमा होम आईसोलेशनमै संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमा बसेका एकजनाको मृत्यु भएको छ । विराटनगर–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिनुभयो । सुगर र प्रेसरका समेत विरामी उनको ३ दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घरमै बसेका उनको हिजो बेलुका निधन भएको वडा अध्�. . .


विराटमा कोरोना संक्रमित उपचारका लागि ६० शैयाको आईसोलेशन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिङ्ग हस्पिटलले कोरोना संक्रमित उपचारका लागि ६० शैयाको आईसोलेशन सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजहरुले अस्पतालका बेड संख्याका आधारमा २० प्रतिशत शैया संक्रमित उपचारका लागि आईसोलेशन बनाउन सरकारले दिएको निर्देशन अनुसार प्�. . .


प्रयोगशालाको ठूलो पीसीआर मेशिनको रिएजेन्ट सकियो

विराटनगर। प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा साउन पहिलो साता जडान गरिएको पीसीआर मेशिनको रिएजेन्ट सकिएपछि परीक्षणमा असर गर्ने भएको छ । साउन पहिलो साता स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका दुई वटा पीसीआर मेसिनमध्ये प्रदेश प्रयोगशालामा भएको मेशिनको ओयल प्लेट सकिएको हो । पीसीआर परी. . .


कोरोना उपचारमा सरकारले लिइएको नीति तथा कार्यक्रमको विवरणसहित उच्च अदालतले छलफलमा बोलायो

विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमण रोकथाम र उपचारका क्रममा प्रदेश सरकारले लिएको नीति तथा गरेका कार्यहरुको विवरणसहित छलफलका लागि अदालतमा बोलाएको छ । सरकारले कोरोना उपचारका क्रममा लिइएको नीति, निर्देशिका तथा मापदण्ड सहित छलफलका लागि उपस्थिति हुन विपक्षी सामाजिक विकास मन्त्रालयसहित वि�. . .


पीयूबाट ५२३ जना डिस्चार्ज भईसके, विराटनगरका ६ पत्रकार संक्रमणमुक्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँस्थित कोभिड आईसोलेशन केन्द्रबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२३ पुगेको छ । लक्षणबिहीन पुरुष संक्रमित भर्ना गरिने आईसोलेशन केन्द्रबाट बिहीबार अपरान्ह मात्रै ४९ जना डिस्चार्ज भएका छन् । बिहीबार १२ वर्षदेखि ४९ वर्ष उमेरसम्मका संक्रमितहरु डिस्चार. . .


विराट क्याम्पसको सम्पत्ति र दायित्व हस्तान्तरण

विराटनगर । विराटनगर १४ को विराट क्याम्पसको सम्पति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा बिहीबार क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । स्वामित्व ग्रहण गर्दै �. . .


प्रदेश १ मा ४२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिका�. . .


वडा अध्यक्षकै संलग्नतामा आक्रमण भएको रंगेलीका स्थानीयको आरोप

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ५ मा लकडाउन कडाई गर्ने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठि चार्ज गरेको विषयमा वडा अध्यक्षको समेत संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । बुधबार रंगेलीको ५ नम्बर वडाका ५ जना स्थानीयलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि वडाभर लकडाउन कार्यन्वयनमा कड�. . .


कोरोना संक्रमित उपचारका लागि कोशीमा भेन्टिलेटरसहितको सेवा सुरु

विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो । अस्पतालमा २ वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको साम. . .


संक्रमण जोखिम क्षेत्रमा आईसोलेशन थपिदैं

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि पोजेटिभ देखिएका तर लक्षण नदेखिएका संक्रमितहरु राख्नका लागि सम्बन्धित स्थानीय तहमै आईसोलेशन केन्द्र स्थापपना गरिने भएको हो । बुधबार सामाजिक विकास मन्त्रालयमा बसेको बै�. . .


संक्रमित बुबाले उपचार नपाउँदा ज्यान गएको भन्दै अदालतमा रिट

विराटनगर । अस्पतालमा न्यूनतम स्वास्थ्य उपचार नपाएका कारण कोरोना संक्रमित आफ्नो बुबाको ज्यान गएको भन्दै दोषीहरुलाई कारवाहीको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरिएको छ । सेवा प्रवाहका कार्यलयका जिम्मेवार व्यक्तिहरु तथा कार्यालयहरुले न्यूनतम स्वास्थ्य सुविधा उपलबध नगराएको दावी गर्द. . .


लकडाउनको बेला भारतबाट खसीबोका ल्याउने महिला प्रहरीको नियन्त्रणमा

विराटनगर । लकडाउनको समयमा अवैध बाटो हुँदै भारतबाट खसी–बोका लुकाईछिपाई ल्याउँदै गर्दा प्रहरी माथी बलजस्ती गर्दै गालीगलौज गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोगबनीबाट रानीको ईस्लामपुर हुँदै विराटनगर महानगरपालिाी १७ मटेरुवा चौकमा प्रहरीले चेकजाँच गर्ने क्रममा विराटनगर १५ निवासी ४७ व�. . .