समाचार

मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

जनकपुर । मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्। सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ। सभामुख मण्डलले लगातार �. . .


३५ उद्योग तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५�. . .


मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्ट�. . .


विराटनगरको एक अर्ब क्षति, कागजात जुटाउन मुस्किल

विराटनगर । गत भर्दौ २४ गते जेनजी नामको आन्दोलनमा भएको आगजनीबाट विराटनगर महानगरपालिकाको मात्रै एक अर्ब हाराहारी क्षति भएको छ । भौतिक संरचना र अन्य जिन्सी सामान समेत जल्दा यो क्षति बेहोर्नु परेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपै. . .


कोशी अस्पताल विराटनगरमा बिमाको सर्भर डाउन, प्रतिक्षामै घण्टौँ लाइन बस्छन् सेवाग्राही

सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा बिमाको सर्भर बारम्बार डाउन हुने समस्याले विरामी र उनीहरूका आफन्तहरू घण्टौँ लाइनमा पर्खिन बाध्य भएका छन् । अस्पतालमा औषधी लिनेदेखि सामान्य चेकजाँच गर्न समेत घण्टौँ समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीको भनाइअनुसार बिहान ८ बजेदेखि लाइनमा �. . .


कोशीका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । कोशी प्रदेश सांसद एवं नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको प्रदेशसभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तत्कालिन नेकपा माओवादी संसदीय दलका नेता आङ्बोले चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीले बिहीबार ग्रामगान गाउँपालिका–�. . .


‘११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो’

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्ति�. . .


मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स�. . .


विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्�. . .


विराटनगरको एबिसी स्कुलका विद्यार्थी बन्जारा एग्रोमा शैक्षिक भ्रमणमा

विर्तानगर कार्तिक २७ , विराटनगर–५ सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी स्कुल) का विद्यार्थीहरू आज विराटनगर–१२ स्थित बन्जारा एग्रो मा शैक्षिक भ्रमणमा गएका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले त्यहाँ रहेका विभिन्न गाईहरूको बारेमा जानकारी लिए साथै दूधजन्य पदार्थ कसरी उत्पादन र प्रशोधन �. . .


आठ महिनापछि विराट गोल्डकपको खर्च सार्वजानिक, दशौं संस्करणको छैन टुङ्गो

विराटनगर । विराटनगरमा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको नवौ संस्करणको विराट गोल्डकपको खर्च आठ महिनापछि बिहीबार सार्वजानिक गरिएको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक समितिले तीन लाख नाफा आर्जन गरेको जानकारी दिइएको हो । नवौं संस्कर�. . .


नयाँ गाडी जलेपछि पुराना खोज्दै मर्मत गर्दै

विराटनगर । सरकारहरु बढी खर्चिला भए तर नागरिकको दैनिक जीविकोपार्जन चाँहि कमजोर भयो भन्ने आरोपको पुष्टि कोशी प्रदेश सरकारसँग भएको सवारी तथ्यांकबाट प्रष्ट हुन्छ । गत भदौ २३ र २४ को जेनजी नामको आन्दोलनमा प्रदेश सरकार र मातहतका ६४ वटा चारपाङग्रे र १७६ वटा दुई पाङग्रे सवारी साधन जलेर पूर्ण रुपमा क्षति भए । �. . .