पुर्व

झापामा प्रहरी चेकजाँचका क्रममा एकको मृत्यु

बिर्तामोड । झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो । बिहीबार बिहान ७ बजेर १० मिने�. . .


खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले म�. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको बाह्रदशी गाउँपालिका-६ भित्रि सडक खण्ड स्थितमा ईलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर�. . .


सप्तकोशी किनारमा कुटपिट गर्ने थप दुई जना पक्राउ

विराटनगर । सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा तीनजना युवतीलाई कुटपिट गरेको अरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । असार २९ गते सुनसरी बराहक्षेत्र–९ (टोल र�. . .


पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाईते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । आज बिहान साढे ८ बजे फिदिम बजारतर्फ आउदै गरेको प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटोमा सवार फिदिम- ६ का ५५ बर्षीया हरीमाया तुम्रो�. . .


मोरङ : नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजना पुर्पक्षका लागि जेल चलान

विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुईजनालाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लािग कारागार चलान गर्ने आदेश दिएको छ । ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ का सूर्यबहादुर फयाक लिम्बू लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान . . .


पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९-८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ । आव २०७८÷७९ मा �. . .


सङ्खुवासभाको खाँदबारी युथ क्लबको अगुवाइमा बजार क्षेत्रको अव्यवस्थित तार हटाइदै

विराटनगर । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार आसपास रहेको अव्यवस्थित तारहरु हटाउने कार्यमा यतिबेला खाँदबारी युथ क्लवका युवाहरु जुटेका छन् । बजार क्षेत्रको सौन्दर्यीकरणका लागि अव्यवस्थित रहेको टेलिकम, केबल लगायतका तार हटाउने कार्यमा क्लबका युवाहरु जुटेका हुन् । विद्युत पोलमा अव्यवस्थि�. . .


ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

झापा । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो ।. . .


हेँवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो

किमाथाङका । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो । चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रह. . .


मोरङ, झापा र ईलामबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ, झापा र ईलामका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो पौने २ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औ�. . .


ईलाममा पिकअपको ठक्करबाट बालकको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका-४ भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजे बाटोमा रोकी राखेको मे.१ ज ३६२ नम्बरको पिकअप गाडी अगाडी बढाउने क्रममा स्थानीय धिरज रिजालको छोरा २० महिनाको रियन रिजाललाई अचानक किच्दा घाईते भएका बालकको उपचारको क्रममा फिक्. . .