पुर्व

बर्जुमा किसान अभिमुखिकरण कार्यक्रम सम्पन्न

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा किसान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सबल साना किसान कृषि सहकारी संस्था लि. को आयोजनामा आज (शुक्रबार) कस्टमा हायरिङ्गल सेन्टर यान्त्रिकरण सेवा, गोदमा र संकलन सेवा बारे किसान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । किसानलाई लक्षित यस कार्यक्रममा स्थान�. . .


सङ्खुवासभामा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिनुभयो । आज बिहान को २ त३२१६ नंको ट्र्याक्टरको. . .


भुटानसँग पाँच वर्षमा एक खर्ब व्यापार घाटा

झापा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अ�. . .


एनएमबि बैंकद्धारा झापाको कमल नगर अस्पताललाई आर्थिक सहयोग

झापा । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत कमल गाउँपालिकाको श्री कमल नगर अस्पतालमा एक लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा बिरामी कुरुवा घर प्रतिक्षालय निर्माण गर्नको लागि हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैं. . .


सधैँ र सबै ठाउँमा किन्न पाइँदैन इलामको ‘रोङ मह’

मङ्गलबारे । इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मौरीलाई स्याहारका लागि ख. . .


माओवादी र जसपालाई प्रदेश सरकार छोड्न काँग्रेसको आग्रह

विराटनगर । नेपाली काँग्रेस संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको माओवादी र जसपालाई प्रदेश सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको छ । आज (बिहिबार) बसेको काँग्रेसको संसदिय दलको बैठकले सरकारमा रहेको माओवादी केन्द्र र जसपालाई सरकार छोड्न पत्र पठाउने निर्णय भएका काँग्रेसका सांसद भीम पराजुली जान�. . .


झापामा तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन सुरु

झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन्। कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्�. . .


संसद्मा प्रधानमन्त्रीको जवाफः एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन�. . .


हराएको भ्रम फैलाई झुक्याउने झापाका पूर्ण सुहाङ पक्राउ

विराटनगर । हराएको भ्रम फैलाई झुक्याउने झापा बुद्धशान्ति ४ का पूर्ण भन्ने शेरबहादुर सुहाङ पक्राउ परेका छन् । उनको साथमा भ्रम फैलाउन मिलेमत्तो गर्ने सोही ठाउँका ३९ वर्षीय प्रेम भन्ने फूलबहादुर गौतम दजीलार्ई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गत बैशाख ३१ गते साँझ ५ः४० बजेको समयमा बुद्धशान्ति ३ स्थित �. . .


नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

झापा । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक. . .


कोशी प्रदेश : एसिड पीडित बालिकाको उपचारका लागि एक लाख ७५ हजार उपलब्ध गराउने

विराटनगर । कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत रु एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर बर्न हस्पिटलमा उपचाररत कार्कीको उपचारमा आर्�. . .


कोशी प्रदेश सांसदका लागि ९३ थान ल्यापटप खरिद गर्न एक करोड ५० लाख

विराटनगर । कोशी प्रदेश सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप खरिद गर्ने पक्रिया अगाडि बढाएको छ । ल्याटप बाड्नका लागि प्रदेश सरकारले एककरोड ५० लाख बजेट दिएपछि सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो । ९३ जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले नयाँ ल्यापटप बाड्ने तयारी गरिएको हो । मु�. . .