खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको सुनकोसीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण सुरु गरेको १० वर्षपछ. . .
काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ �. . .
गौरादह । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ मा खरिद गर्ने भए. . .
विराटनगर । प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन् । २०७९ माघ २३ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा उनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका थिए । म�. . .
विराटनगर । पूर्वका किसानलाई उखु काट्ने पूर्जी जारी गरिएको छ । सरकारले उखु र चिनीको समर्थन मूल्य निर्धारण नगरेपनि सुनसरीको बर्जुस्थित इष्टर्न सुगर मिलले तीन दिनको पूर्जी जारी गरेको हो । ईष्टर्न सुगर मिलका महाप्रवन्धक पवनकुमार झाले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउनका लागि बुधबार पूर्जी जारी. . .
विराटनगर । मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाईते मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । माहुरीले चिल्दा अन्य चार घाइते भएका छन् । केराबारीको एक पसलमा भएको विवादमा . . .
झापा। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साता हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने गरि गोल्डकपको तयारी सुरु गरिएको हो । भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोग�. . .
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशी�. . .
विराटनगर । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएका छन् । उनको नियुक्तिसँगै पदाधिकारी समूहले पूर्णता पाएको छ । बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा �. . .
काठमाडौँ । मोरङ क्षेत्र- ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका डा. शुनिल शर्माले शपथ ग्रहणका लागि संसद भवनमा भागवत गीता लिएर गएका छन् । संसद भवन नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा शर्मा भागवत गीता लिएर गएका हुन् । शर्माले भने ‘ पछिल्लो समय नेपाली राजनीतिमा झुट र भष्टचार मैलाएको छ । म सत्य र �. . .
विराटनगर । खोटाङको केपिलासगढि गाउँपालिका ५ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ५ स. . .
काठमाडौं । नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधि�. . .