बनियानी । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका ल. . .
विराटनगर । मोरङको कानेपोखरीे वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पूर्जा वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार उनीहरुलाई पूर्जा वितरण गरेकी हुन् । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलि�. . .
विराटनगर । आठौँ संविधान दिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम ग. . .
विराटनगर । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने औद्योगिक सर्वेक्षणको हालसालको तथ्यांक नहुँदा कोरोनाकालपछिको औद्योगिक अवस्था बारे जानकारी लिन असजिलो हुने गरेको छ । राष्ट्रिय तथ्यांक विभागले औद्योगिक सर्वेक्षण–२०७६ को विवरण भर्खर मात्र सार्वजानिक गर्दैछ । तथ्यांक विभागले बुधबार विराट. . .
विराटनगर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔ�. . .
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी रेखा थापाप्रति स्थानीयको आकर्षण देखिएको छ । चलचित्र नायकीका समेत रहेकी थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रने दौडमा छन् । चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ . . .
झापा । कालोसूचीमा पर्न लागेको कम्पनीलाई जोगाउन झापाको विर्तामोड नगरपालिकाले नीतिगत भ्रष्टाचार गरी निजी कम्पनीलाई बजेट छुट्याएको भनी आरोप लाउँदै पाँच दलीय गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापनका लागि भन्दै कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा �. . .
झापा । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लाग्नुभएकी उहाँलाई यतिबेला भ्याइनभ्याई छ । श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर हुनुहुन्छ तर उहाँकै सहयोग र सुझावमा यो पेसामा लागे. . .
फुङ्लिङ । हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधँै ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चाँैरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानल�. . .
विराटनगर । प्रदेश १ मा ३२० जनालाई डेंगु संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो । तथ्यांक अनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, संखुवासभामा ६६ जनामा देखिएको छ । यसैगरी झापा र भोज. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० स्थित एकता वस्तिमा वडा कार्यालयले आयाेजना गरेको कार्यक्रममा भूमिहिनलाई निस्सा वितरण कार्यकाे उदघाटन गरिएको छ । निस्सा वितरणकाे उदघाटन गर्दै नगर प्रमुख केदारप्रसाद गुरागाईले मंसिर सम्ममा भुमिहिनलाई लालपूर्जा दिनेगरी काम गरिरहेको बताए । उनले लालापुर्जा दिने. . .
सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको सय दिन पुगेकाे अबसरमा पत्रकार सम्मेलन गरि भए गरेका कामकाे उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाको धनपालगढी सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख दिलप्रसाद राईले १ सय दिनमा गरेको करिब ५० वटा कामको प्रेसनाेट प्र�. . .