पुर्व

ट्रिफरको ठक्करबाट दुहबीमा बालिकाको मृत्यु

दुहबी । सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालि�. . .


प्रदेश मन्त्रिमण्डल विस्तार

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री थपेर आठ सदस्यीय बनाइएको हो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आचार्यले संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक. . .


प्रदेश १ को संसद अधिवेशन असोज २२ गते बोलाउन सिफारिस

बिराटनगर । प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङका अनुसार असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्�. . .


प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण . . .


विराटनगरमा ६३ सहित प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, ध�. . .


जग्गाको बैना लिएर अर्कैलाई पास गर्ने धरानका कटुवाल पक्राउ, मोरङका दाहाल फरार

विराटनगर । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्�. . .


सरकारकै कारण बजेट होलिडेको अवस्था : नेम्वाङ

विराटनगर । नेकपा एमाले दलका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्था आएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले समयमै बजेट पास गर्न सरकारले नदिएको बताउनु भएको हो । यसअघि एमाले विभाजनका लागि हतार–हतार अधिवेशन अन्त्य गरेको बताउँदै समयमा नै बजेट . . .


रंगेलीको दोहमना बजारमा पशु बजारको निर्माण अलपत्र छोडे ठेकेदारले

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना बजारमा पुरानो घर टहराहरु हटाएर नयाँ बनाउन सुरु गरेको भवन ७ महिना बितिसक्दा समेत अगाडी बढ्न सकेन । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना ललितपुरले पशु बजारको लागि निर्माण गरिने भवन अलपत्र परे�. . .


मलेशियाबाट पाँचकोटिलाई सहयोग प्राप्त, उपचारमा सहयोग गर्नुहुन सम्पूर्णमा अपिल

सनम रोक्का कानेपोखरी । जिल्ला पाँचथर हिलिहाङ ४ निवासी हाल मोरङ पथरी शनिश्चरे ३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटिलाई हिलिहाङ निवासी हाल विदेशी भूमि मलेशियामा कार्यरतले संयुक्त रुपमा ४४ हजार रुपैयाँ सहयोग गरेका छ्न । सहयोगीहरू लिम्बू गान्धी योङ्हाङ, देव शाही, योगेन्द्र योङ्हाङ, केपि अधिका�. . .


राप्रपा मोरंगमा केन्द्रिय सदस्य आरति गेलालसहित सयभन्दा बढीद्वारा संयुक्त राजिनामा

विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरंगबाट केन्द्रिय सदस्य आरति गेलालसहित १ सयजना भन्दा बढी नेता तथा कार्यकर्ताले सामुहिक रुपमा राजिनामा दिएका छन्। राजिनामा दिनेमा मोरंग जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारी, जिल्ला उपाध्यक्षद्वय मंजु कार्की र शोभा श्रेष्ठ त्यसैगरी जिल्ला सदस्यहरु �. . .


बाल गृहमा रहेका बालबालिकाहरुबीच वक्तृत्वकला

विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुबीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल �. . .


प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१. . .