इनरुवा । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी हिजो साँझ ५ बजे घाईते भए�. . .
झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । अत्यधिक भीडभाड हुने खाद्यान्न, तर�. . .
झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । झापामा आर्थिक वर्ष २०७६-७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव �. . .
विराटनगर । प्रदेश १ सरकार, सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले यसलाई संस्थागत गर्ने नेतृत्व गरेपनि यो प्रदेश सरकारकै योजना रहेको बताउनु भएको हो । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्राण्डिङ्ग तथ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धन�. . .
इटहरी । सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक�. . .
बिर्तामोड । झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रद. . .
बनियानी झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७÷०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान�. . .
विराटनगर । प्रहरीले १६ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपिँया जरिवाना आदेश गरेको थियो । यसैग�. . .
विराटनगर । मोरङको बेलबारी–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको सामूहिक झैझगडामा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई ११ महिनापछि पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । घटना घटाएपछि चौधरी लामो समयदेखि फरा�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनस�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण उप–समिति गठन गरिएको छ । विस्तार योजनाका लागि संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित उप–समिति गठन गरेर काम अगाडी बढाउने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको संयोजकत्वमा गत साउन १३ . . .