slider

रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक अवरुद्ध गर्ने सङ्केत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्. . .


सोलुखुम्बुको फाप्लु–काठमाडौँ सातामा चार दिन उडान हुने

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ �. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एक�. . .


पिण्डेश्वर मन्दिरः आस्थाको सङ्गम

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ विजयपुरडाँडाको शान्त परिवेशमा अवस्थित पिण्डेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उदाउँदै छ । ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको समिश्रण हो । जहाँ दैनिक . . .


विराटनगरमा १८७ मध्ये चालुअवधीमा १७२ योजना कार्यान्वयनमा

विराटनगर । विराटनगर–५ निवासी चुन्नु सिंहले आफ्नो व्यक्तिगत जग्गामा बलजफ्ती सडकको नाला निर्माण गर्न चाहेको भन्दै न्यायिक समितिमा त्यसलाई सच्याई दिन माग गर्दै उजुरी दिइन् । न्यायिक समितिमा परेको मुद्दामा सिंहको जग्गा र घरलाई नचलाईकन सडक निर्माण गर्ने फैसला सुनायो । न्यायिक समितिले दिएको निर्देशन त �. . .


विराटनगरको आरके सिटी सेन्टर कुमारी बैंकद्वारा लिलाम सकार

विराटनगर । विराटनगर–८ हाटखोलामा पाँचवर्ष अगाडी खुलेको आरके सिटी सेन्टर बैंकले लिलाम सकार गरेको छ । व्यापारिक मल चल्न नसकेपछि अस्पताल सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता थिए । तर, कुमारी बैंकले यसलाई लिलाम सकार गरेको हो । पचास हजार बर्गफिट क्षेत्रफलमा बेसमेन्टसहित ८ तलाको भवनमा २०७६ फागुनदेखि सिट. . .


गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । बैठक�. . .


नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामा मुख्यन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बैठकले सदस्यद्वय गोम्बु शेर्पा र खिनु लिम्बूले संयुक्त रूपमा पेस गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्�. . .


कर्मचारीलाई तीन दिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उहाँले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिनुभएको हो । “मन्त्राल. . .


सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई द�. . .


विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा �. . .


नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्र. . .