खेलकुद

विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो. . .


दोस्रो टी–२० मा जिम्बाब्बेसँग श्रीलंका पराजित

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा जिम्बाब्बे ४ विकेटले विजयी भएको छ । कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । जवाफमा जिम्बाब्बेले १९.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै खेल जित्यो । तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । जिम्बा. . .


अन्तर विद्यालय यु-१५ प्रेसिडेन्ट कप सुरु, चार वटा स्कुल विजय

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा अन्तर बिधालय यु-१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएकाे छ । विराटनगरकाे जुटमिलकाे खेलमैदानमा मंगलबारदेखि सुरु भएकाे प्रतियाेगितमा चार वटा स्कुल विजय भएकाे हाे । पहिलो दिनको खेलमा डि.ए.भि बोर्डिङ स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, बि.के.भि.एम बोर्डिङ स्क. . .


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो । कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२. . .


सुदूरपश्चिम प्रदेशको लगातार जित

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमले मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ५ वि�. . .


छैठौं आङ्बुरा कप फुटबल प्रतियोगिताको उपाधि धर्मदेवी युथ क्लबलाई

विराटनगर । सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ७ मा रहेको न्यु युवा क्लबले आयोजना गरेको छैठौं आङ्बुरा कप फुटबल प्रतियोगिताको उपाधि धर्मदेवी युथ क्लबले जितेको छ। माघ १ गते भएको फाइनल खेलमा न्यु सयपत्री युवा क्लबलाई २-१ गोलान्तरले पराजित गर्दै धर्मदेवी युथ क्लबले उपाधि जितेको हो। पुस २६ गतेब. . .


मेस्सी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेस्सीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलिय. . .


प्रधानमन्त्री कप क्रिकेट : कीर्तिपुर, मुलपानी र सिद्धार्थ रंगशालामा १-१ खेल हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन वटा खेल हुने भएका छन् । कीर्तिपुर, मुलपानी र सिद्धार्थ रंगशालामा मंगलबार १-१ खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । खेल बिहान ९ ः १५ बजे सुरु हुने. . .


एशियन कपमा दक्षिण कोरियाको सहज जित

काठमाडौं । एएफसी एशियन कप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ । समूह ईमा रहेको कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत कोरियाको जितमा ली कांगले २ गोल गर्दा ह्वाङ इन बिओमले १ गोल थपेका थिए । बहराइनका लागि अब्दुल्लाह दुअइजले १ �. . .


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीको जितमा कप्तान विनोदको शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सवै विकेट गुमाएर ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट पा. . .


अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई

काठमाडौं । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतवार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको. . .


एएफसी कप : प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

काठमाडौं । एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रत�. . .