विशेष

संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र�. . .


आइपीएलमा लगातार छ खेल जित्दै बेंग्लुरु प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु प्लेअफमा पुग्न सफल भएको छ । शनिबार राति चेन्नाई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो । सुरुआती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला छ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि . . .


मिल्स टि- २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ। विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो । जितसँगै वाइआरसीसीले आइतबार हु. . .


सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शनिबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् । त्यहाँस्थ�. . .


कोशीसहित चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भ. . .


विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्र�. . .


मिल्स क्रिकेट: वाइआरसीसी र कटिहार सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो । विराटनगर ज. . .


प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै बैंठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्प�. . .


कोशी प्रदेशमा मन्त्री विस्तार :कुन मन्त्रालयमा को मन्त्री बने ?

विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित शुत्रबार सरकार बिस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक म�. . .


बरगाछी–रानी क्षेत्र सौन्दर्यकरण : हुर्केका बिरुवा यथावत राख्नुपर्ने माग

इन्दु साह विराटनगर । विराटनगरमा बरगाछी–रानीसम्म कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा घेराबेरासहित बिरुवा रोप्ने अभियानमा पुराना बिरुवा यथावत राखिनुपर्ने माग गरिएको छ । महानगरपालिका हरियानी योजना अनुसार बिरुवा रोप्ने क्षेत्रको माटो हटाउने काम सुरु गरेसँगै जागिसकेका बिरुवा संरक्षण हुनुप�. . .


प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइत. . .


मिल्स क्रिकेट : अभिषेकको शतकमा विराटनगरको वाइआरसिसी क्लब सेमिफाइनलमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज बिहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हि�. . .