अन्तराष्ट्रिय

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा न्यूयोर्कमा आतंककारी आक्रमण गर्नेलाई मृत्युदण्ड दिन माग

वासिंटन, कात्तिक १७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् । यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो ह�. . .


अफगानिस्तानमा झाडापखालाका कारण वार्षिक ९५ हजार बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै ९५ हजार बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । “झाडापखालाका कारण बर्सेनि मृत्यु हुनेमध्ये झ�. . .


न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा एक ट्रक चालकले साइकल लेनमा ट्रक हमला गर्दा ८ जनाको मृत्यु भएको छ ।  प्रहरीकाअनुसार यसलाई चरमपन्थी आक्रमणको रुपमा लिइएको छ । चालकलाई प्रहरी हिरासतमा लिइएको छ ।  २९ वर्षका चालक सन् २०१० मा अमेरिका पुगेको बीबीसीले जनाएको छ । आक्रमणमा ११ जना घाइते भएका छन् ।. . .


इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

जाकार्ता, इन्डोनेसिया (रासस/सिन्ह्वा) । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार  बेलुका ५:४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिम. . .


सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरका टीकारामको मृत्यु

पाँचथर,  असोज २२ गते ।  सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायल�. . .


आसाममा २४ घन्टाभित्रै आठ नवजात शिशुको मृत्यु

नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको. . .


मस्कोमा बस र रेल ठोक्किदा १९ को मृत्यु

मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले �. . .


ब्रिटिश लेखक काजुओ इसिगुरोलाई नोबेल साहित्य पुरस्कार

ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो ।  ६२ वर्षीय लेखकका चर्चित उपन्यासहरु ‘द रिम. . .


अफगानिस्तानमा ८१ जना तालिबान लडाकू मारिए

काबुल । अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् । विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । अफगानिस्ता. . .


मेक्सिकोमा फेरी अर्को शक्तिशाली भूकम्प

बेइजिङ (रासस/सिन्ह्वा) । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएक. . .


मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु

मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । �. . .


इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु

दक्षिणी इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु भएको छ । धिकार प्रान्तको राजधानीमा भएको विस्फोटमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँको एक चेक पोइन्टमा विस्फोट गराइएको थियो । घटनामा कम्तिमा ९० जना घाइते भएका छन् ।  समाचारमा जनाइएअनुसार यसको जिम्मा आइएसले लिएको छ ।. . .