कोशी

पानी बन्द हुँदा कोसी अस्पताल विराटनगरमा अप्रेशन रोकियो

विराटनगर । कोसी अस्पताल विराटनगरको अर्थो विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि सेड्युलमा रहेका सात शल्यक्रिया प्रभावित भएका छन् । बिहीबार हाडजोर्नीसँग सम्बन्धित सातजना बिरामीको शल्याक्रिया गर्ने सेड्युल पानी अभावका कारण रोकिएको हो । कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रबिनराज �. . .


जागिर प्रहरीमा, सक्रियता खेलकुदमा

सुजता लिम्बु विराटनगर । सशस्त्र द्धन्द्ध चरम उत्सर्गमा पुगेको थियो । राज्यपक्ष र विद्रोहीपक्षको दोहोरी चलिरहेको थियो । कहाली लाग्दो घटनाका समाचारले त्रासको वातावरण थियो । देशको अवस्था भन्दा विष्णु कट्वालले भोगेको अभावको राप कम थिएन । त्यसैले उनी २०६१ सालमा नेपाल प्रहरीमा भर्ती भए । २०४२ सालमा सप्त. . .


मोरङ बेलबारीमा बसको ठक्करबाट एकजना मृत्यु, एक घाईते

विराटनगर । मोरङको बेलबारीमा यात्रुबहाक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। बुधबार बिहान ६ः३० बजेतिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१ मा ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो। साइकलमा सवार अर्का एक जना घाइते भएका छन्। साइकल यात्री बेलबारी–२ का १९ वर�. . .


विराटनगरका आठ स्थानमा जडान गरिदैं ट्राफिक लाइट

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मुख्य राजमार्ग र बजार क्षेत्रका आठ स्थानमा ट्राफिक लाईट जडान गरिने भएको छ । विराटनगरको रोडशेषचौकदेखि राजबंशी चौकसम्मको क्षेत्रमा पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढेको छ । छ लेन सडक आयोजना ईटहरीले ट्राफिक लाइट जडानको प्रक�. . .


खुल्यो विराटनगर : बजारमा छैन सवारी जामको समस्या

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ । बजार क्षेत्रका सडक खुल्ला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सिफ्ट भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार �. . .


राष्ट्रिय कर्मचारी संगठन निजामतीको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटेल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नारायण राय यादव, ता�. . .


प्रदेश १ को केहि स्थानमा हल्का वर्षाको सम्भावन

विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले देशको केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले प्रदेश १ , बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भा. . .


नाम फेरेर कामविहीन बनाईयो विराटनगरको कोसी कोभिड अस्पताल

सुजता लिम्बु विराटनगर । कोरोना संक्रमण भयावह हुँदा निर्माण गरिएको कोसी कोभिड–१९ उपचार केन्द्र संक्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा रुपान्तरण भएपनि काम भने सुस्त देखिएको छ । विराटनगर–१० नेशनल ट्रेडिङको कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थिय�. . .


विराटनगर रानीबाट तीन ठाउँ सार्दापनि बनेन प्रवेशद्वार

विराटनगर । विराटनगरमा भारतबाट प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सम्पन्न हुनुपर्ने भन्दा आठ महिना बितिसक्दा समेत सुरु हुन सकेन । सात करोड ७६ लाख ४८ हजार लागत अनुमान गरेर ६ करोड २५ लाख २४ हजारमा ह्याबीट्याट–आशिषदीप जेभीसँग सम्झौता भएको प्रवेशद्वार काम सकिनुभन्दा आठ महिना. . .


विराटनगरमा आफ्नै पार्टी निकट कर्मचारीलाई मन्त्री मोदी भने भनसुनको सरुवा माग्दै नआउनु

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कसैको भनसुनका आधारमा कर्मचारीको सरुवामा नहुने दावी गरेका छन् । विराटनगरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री मोदीले सरुवा बेथिती तोड्ने पक्षमा आफु रहेको बताएका हुन् । क�. . .


राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता

विराटनगर । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता हुने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम हो । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर यस पटकको राष्ट्रपति निर्वाच�. . .


काठमाण्डौं–विराटनगर उड्न लागेको सौर्यको इण्डिकेटरमा समस्या, पार्किङ्गमा फर्काइयो जहाज

विराटनगर । काठमाण्डौंबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ । त्रिभुवन विमानस्थलबाट एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको बेला फिर्ता पठाइएको हो । इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछ. . .