खेलकुद

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्�. . .


जुनियर जेसिज टेस्टी टेस्टी क्विजको पाचौँपल्ट विजेता बन्न सफल सगरमाथा स्कुल

विराटनगर । विराटनगरमा सम्पन्न भएको २६ औँ सस्करण को टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ जसमा बिगतमा ४ पटकसम्म विजेता बनेको सगरमाथा स्कुल विराटनगर पाचौँपल्ट पनि विजेता बन्न सफल भएको छ । विराटनगर महानगरपालिकाको सभाहल मा सम्पन्न प्रतियोगितामा विराटनगरका-१७ स्कुललाई पछि पार्दै सगरमा�. . .


सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र �. . .


नेपाली क्रिकेट टिमको घोषणा, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल परेनन् टोलीमा (टिम सुची सहित)

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन्  । सन्दीप नेतृ. . .


टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताकाे पहिलो र दोश्रो दिनको खेल सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित काब्रा ग्रुप ( क्वालिटी फुड) द्वारा प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो र दोश्रो दिनको खेल सम्पन्न भएको छ । २६ बर्ष देखि निरन्तर एउटै आयोजक र एउटै प्रायोजक रहेको हाजि. . .


विराटनगरका बिकेन थापा दोहामा हुने कम्पिटिसन म्यानेजर सेमिनार“ मा सहभागी

विराटनगर । कतारको राजधानी दोहामा आयोजना भएको “२०२२ अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) – एशियन टेबुल टेनिस युनियन (एटिटियु) कम्पिटिसन म्यानेजर सेमिनार“ मा बिराटनगर–३ निवासी आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापा नेपालको तर्फबाट सहभागी भएका छन् । मार्च १८–२० �. . .


बीकेभीएम र जेम्स टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको फाइनल चरणमा

विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित कावरा ग्रुपद्वारा पूणरूपले प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो दिनको खेल सम्पन्न भएको छ । उक्त कार्यक्रममा मुख्य अथितिका रूपमा काबरा ग्रुप अफ इन्डस्ट्रिका प्रब�. . .


राष्ट्रिय होराईजन बास्केटबल प्रतियोगिता : विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाईनलमा

विराटनगर । सुनसरीको धरानमा जारी राष्ट्रिय हराईजन बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगर बास्केटबल एकेडेमीलाई ९८–८३ को स्कोरमा पराजित गर्दे विशाल मिलन केन्द्र काठमाण्डौ विजयी भएको छ । विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र काठमाण्डौ प्रतियोगिताको सेमिफाइनल. . .


अन्तरपालिका मेयर कप फुटबल टुर्नामेन्ट सुरु

विराटनगर । रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुर्नामेन्ट सुरु भएको छ । रंगेली-७ स्थित जनता क्याम्पसको खेल मैदानमा प्रतियोगिता चैत्र ६ सुरु भैँ १४ गते सम्पन्न हुनेछ । उक्त प्रतियोगितामा ७ पालिकाहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा रंगेली, बेलवारी, मिक्लाजुङ, सुनवर्षी, धनपालथान, कान�. . .


नेपालको खेल आज : यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ । यूएई भ्रमणमा नेपालको यो तेस्रो खेल । यसअघिका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध संघर्षपूर. . .


प्रदेश १ सरकारद्धारा भलिवल खेलाडीको विदाई

विराटनगर । धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्�. . .


विराटनगरको जुट मिलमा “दोस्रो मिल्स गोल्डकप ”बिजेतालाई २ लाख १ हजार

विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .