खेलकुद

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त

काठमाडौं, १० असार : राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले परिषद्को अध्यक्षका नाताले बिहीबार नेपाल सेपाकटाक्रो संघका कार्यबाहक अध्यक्ष विष्टलाई सदस्यसचिवमा नियुक्त गर्नुभएको हो । परिषद्को सदस्यसचिव पदका लागि . . .


झापा–११ लाई सहिद भीमनारायण आमन्त्रण गोल्डकप उपाधि

धनकुटा, ५ असार : धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडांैलाई २–० गोल अन्तरले हराउँदै झापाले–११ गोल्डकपको उपाधि जितेको हो । झापाले . . .


अभ्यास खेलमा नेपालद्वारा हिमाञ्चल प्रदेश पराजित

  ३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हिमाञ्चल प्रदेशको टीमलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १४४ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि ओपनर सुवास खकुरेलले २९ र साग�. . .


एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन

 प्रबिन दाहाल काठ्मान्डौ अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । हिजो मात्र भैंसेपाटीस्थिति नयाँ घरमा सर्नुभएका श्रेष्ठलाई विजुलीको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थि�. . .


निल डेभिड क्रिकेट क्लब विराटनगर अन्तिम चारमा

बिनु तिम्सिना बिराटनगर जेठ २९ निल डेभिड क्रिकेट क्लब विराटनगर, विराटनगरमा जारी क्षेत्रीयस्तरको ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भएको अन्तिम आठको खेलमा इष्टर्न इन्जिनियरिङ कलेज विराटनगरलाई ६६ रनले पराजित गर्दै निल डेभिडले अन्तिम चारको �. . .


टंकीसीनवारी बाँसबारी फुटबल प्रतियोगिता अन्तर्गत एलेभन एरोज क्लब दुहबी विजयी

बिनु तिम्सिना   मोरङको टंकीसिनवारीमा जारी प्रथम पूर्वाञ्चलस्तरीय टंकीसीनवारी बाँसबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एलेभन एरोज क्लब दुहबी विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बाँसबारी युवा केन्द्र टंकीसिनवारीको आयोजनामा टंकीको खेल मैदानमा आज भएको खेलमा पथरी स्पोर्�. . .


ट्रिनिडाड एण्ड टोबागोको टिम रेड स्टील शाहरुख खानले किने

जेठ २७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम कोलकता नाइट राइडर्सका मालिकले क्यारबियन प्रियिमर लिग (सिपिएल) को एउटा टिम किनेका छन् । कोलकाताका सह मालिक बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला तथा जुहीका श्रीमान जय मेहताले वेष्ट इन्डिजको क्यारबियन प्रिमियर लिग अन्तर्गतको ट्रिनिडाड एण्ड ट�. . .


नेपाल र नेदरल्यान्ड क्रिकेटमा भिडदै

नेपाल र नेदरल्यान्डबीच हुने भनिएको टि २० फरम्याटको म्याच तालिका सार्बजनिक भएको छ । नेपाली क्रिकेट टिम हाल प्राक्टिसको क्रममा भारतमा रहेको छ । भारतमा २ हप्ते ट्रेनिंग पछि नेपाली टिम इंगलैंड जाने छ र लोकल टिमसंग केहि प्राक्टिस खेलहरु खेल्ने छ । त्येस पछि नेपाल नेदरल्यान्ड जाने छ र ४ टि-२० खेलहरु खेल्ने छ. . .


नेपालको अभ्यास धर्मशाला मैदानमा

  काठमाडौ, जेष्ठ ११ - नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा अभ्यास गर्ने भएको छ । विश्व ट्वान्टी–२० क्रिकेटका लागि नेपाली टिम भारत भ्रमणमा जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली टिमको सम्पूर्ण सत्कार गर्नेछ । नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत �. . .


टी-२० विश्वकप छनोटमा नेपालको पहिलो खेल अमेरिकासँग

  ३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्ता�. . .


दार्जीलिङलाई फराकिलो गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा

  तेजन खड्का उर्लाबारी, २८ वैशाख – चर्च ब्वाइज युनाइटेड काठमाडौं मोरङको उर्लाबारीमा जारी मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्या. . .


जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश

उर्लावारी , २७ बैशाख । मोरङको उर्लावारीमा आजदेखी चौथो मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । ् मंगलबारेस्थित सालबारी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १ – ० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ �. . .