विशेष


गतवर्ष भन्दा १७ प्रतिशत बढी बजारमा पुगिरहेकोछ ग्यास

विराटनगर । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्ला समेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । जसमा कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका ५ हजार ५५४ थान, प्रिमा ३ हजार ८८२ थान, सुगम २ हजार २५२ थान र रिजालको ग्यास १३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको �. . .


४४ दिनपछि छुटे गिरी, सम्पति‌ सुद्धिकरणमा अनुसन्धान जारी

विराटनगर। विराटनगरका अभिषेक गिरी हाजिरी जमानीमा छुटेका छन् । ४४ दिनपछि उनी सोमबार छुटेका हुन् । उनी छुटे पनि सम्पति सुद्दिकरणमा भने अनुसन्धान जारी रहने प्रहरीले बताएको छ । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका . . .


कोशी ग्याँसको सिलिण्डरमा कम तौल भेटिएपछि २ लाख ९० हजार रुपैयाँ जरिवाना

विराटनगर । एलपी ग्याँसको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले विभिन्न ग्याँस व्यवसायी तथा उद्योगमाथि कारबाही थालेको हो। गत शनिबार साउन बुढीगंगा गाउँप. . .


विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

विराटनगर। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल. . .


ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् । उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित . . .


आदिवासी जनजाति महासंघ विराटनगरको अध्यक्षमा विष्णु तामाङ निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरको अध्यक्षमा विष्णु कुमारी तामाङ निर्वाचित हुनुभएको छ । विश्व आदिवासी दिवसको अवसरमा आइतबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा सम्पन्न नगर समितिको भेलाले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्ष पदका लागि नेवार समुदा�. . .


साउनको आज अन्तिम सोमबार विराटनगरका शिवालयमा भक्तजनको घुइँचो

विराटनगर । साउन महिनाको अन्तिम सोमबार आज विराटनगरका विभिन्न शिव मन्दिर तथा शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिने भएकाले यस महिनाका सोमबार विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ । साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि विराटनगरका विभिन्�. . .


विराटनगर डुबाउने कोशी राजमार्ग, वर्षामा सडक जलमग्न–काम लाग्दैन नाला

विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा वर्षातको पानी नालासम्म पुग्दैन । पानी पर्नथालेपछि सहरका विभिन्न क्षेत्रमा सबैभन्दा पहिला राजमार्ग जलमग्न हुन्छ । राजमार्गमा आकाशे पानीको निकास त्यसको नाला (ड्रेन) मार्फत नै हुनेपर्ने हो । तर, राजमार्गको पानी नालाम. . .


एनसीवाई विराटनगरमा दोस्रो कार्गोरेल आउँदै

विराटनगर । तेस्रो मुलुकका मालवस्तु बोकेर विराटनगर–१८ बुधनगरस्थित एकिकृत जाँचचौक (आइसिपी) नजिक रहेको नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म दोस्रो कन्टेनर कार्गोरेल कोलकाता बन्दरगाहबाट छुटेको छ । यो अबका तीनदिनपछि विराटनगर भन्सार नजिक रेलमार्गमार्फत आइपुग्नेछ । तेस्रो मुलुकबाट आयात भएको मालवस्तु बोकेर . . .


विराटनगरसहित मोरङका ग्यास डिपो र पसलमा प्रशासनको छड्के अनुगमन

विराटनगर । विराटनगरसहित मोरङका विभिन्न ग्यास डिपो, सबडिपो तथा पसलमा जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन सुरु गरेको छ। बजारमा एलपी ग्यासको अभाव देखिएपछि प्रशासनले ग्यासको भण्डारण तथा वितरणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिक�. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा भीड व्यवस्थापन गर्न दुई चरणमा सेवा प्रवाह

सोनु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो भीड व्यवस्थापन गर्दै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्न दुई चरणमा सेवा सञ्चालन गरेको छ। पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउन दैनिक रूपमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि कार्यालयले स�. . .