अन्तराष्ट्रिय

थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप ८ जनाको उद्धार

काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२. . .


टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

टर्की, असार २५ । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको �. . .


ह्वाट्स एपमा गलत म्यासेज, छात्रले गरे आत्महत्या

बीबीसी । सामाजिक सञ्जालमा विचार नै नपुर्याएर शेयर गरिने सन्देशहरु कति खतरा हुन सक्छन् भन्ने उदाहरण सार्वजनिक भएको छ । ह्वाट्स एपमा गलत म्यासेज शेयर गरिए पछि एक मेडिकल छात्र एडवर्ड सीनियरले आत्महत्या गरेका छन् । अनुसन्धानका क्रममा ह्वाट्स एन म्यासेजमा एडवर्डको आफ्नै सहपाठी एक युवतीसँग सम्बन्ध रहेक�. . .


जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् । वर्षाका कारण जलमग्न बन�. . .


दुई हप्तादेखि गुफामा फसेका १२ जनाको उद्धारका लागि ‘चिम्नी’ बनाइयो

२३ असार।   थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०�. . .


अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको मृत्यु

भर्जिनिया असार २१ । अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन सहरमा लुटेराको आक्रमणबाट धादिङका रेशम बजगाईंको मृत्यु भएको हो। अन्तराष्टि समाचार माध्ययमाको अनुसार अमेरिकाको स्वतन्त्रता दिवशको बिहान १ बजेर १५ मिनटमा लुटेराबाट आक्रमण �. . .


ईरानको आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप

तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ । ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । उनले इजरायल र अन्य पश्चिमा मुलुकले यस प्रकारको चोरी गरेको आरोप लगाए । ईरानको सिभिल डिफेन्स अर्गनाइज�. . .


हेलिकप्टर मगाएरै जेलबाट भागे कुख्यात डाँका

एजेन्सी, १७ असार ।कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेका कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका क. . .


भारत नयाँ दिल्लीमा एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला

भारत नयाँ दिल्लीको उत्तरी क्षेत्रस्थित बुराडी नगरको एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जसमा ७ महिला र ४ पुरुषको शव रहेको छ । हात खुट्टा बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा ती शव फेला परेको अधिकारीहरुले बताएका छन् । भारतीय प्रहरीले यो घटना आत्महत्या हो वा सामूहिक हत्या हो भन�. . .


मुम्बईको अग्लो भवनमा विमान दुर्घटना हुँदा पाँचको मृत्यु

काठमाडौं, १४ असार  । भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो । प्रहरीका अनुसार, तीन यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा कतिजना थ�. . .


बम हमलाबाट मुस्किलले जोगिए जिम्बाब्वेका राष्ट्रपति

काठमाडौं, असार १० । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको एउटा बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस�. . .


थाइल्याण्डमा डेंगुका कारण २१ जनाको मृत्यु

बैंकक- थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दि. . .