अन्तराष्ट्रिय

लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय

काठमाडौं,, माघ १० । भारत, विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पशुपक्षीको दाना घोटालासम्बन्धी अर्को मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । बुधबार राँचीस्थित सीबीआइको विशेष अदालतले ‘चाइबासा कोषागार’सँग जोडिएको ३३ करोड ६७ लाखभन्दा बढी भारतीय रुपैयाँको नक्कली बिल बनाएर रकम निकासा दिएको �. . .


अमेरिकाको विद्यालयमा विद्यार्थीले चलाए गोली, दुई जना मारिए

काठमाडौं, माघ १० । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ ।  एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ ग�. . .


थाइल्याण्डमा बम विस्फोट, तीनको मृत्यु, १८ घाइते

बैंकक  । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् । प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो वि�. . .


दिल्लीको पटाका कारखानामा आगलागी, १७ को मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको बाहिरी क्षेत्रमा रहेको बवाना औद्योगिक क्षेत्रमा अवस्थित पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बवाना औद्योगिक क्षेत्रमा अवस्थित दुई तले पटाका कारखानामा आगलागी हुँदा त्यहाँ कार्यरत कामदारको मृत्यु भएको हो । सुर. . .


फेसबुकमा पोस्ट गरिएको सेल्फीबाट यसरी पत्ता लाग्यो हत्यारा

क्यानाडा, माघ ५ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् ।  सेल्फीलाई सामान्य रुपमा लिइए पनि क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद�. . .


पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन् । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेक. . .


हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, माघ ३ गते । पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा ज�. . .


इन्डोनेसियामा एक नेपालीको गोली लागि ज्यान गयो

काठमाडौं । इन्डोनेसियामा एक नेपालीको प्रहरीले चलाएको गोली लागि ज्यान गएको छ । गोली लागि मृत्यु हुनेमा ३४ वर्षीय शरण तामाङ रहेको भनिएपनि उनको ठेगाना खुलेको छैन । लागुऔषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले उनको खोजी गरेको बताइएको छ । प्रहरीले उनको साथबाट लागुऔष्ध समेत बरामद गरेको जनाईएको छ । यो खबरल�. . .


लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थल�. . .


मोरङको मूर्तिकार मञ्जुलको नेतृत्वको नेपाली मूर्तिकारहरु जापानको विशाल पहरामा बुद्ध मूर्ति बनाउदै

एजेन्सी । जापानको  विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछन् । एउटा विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु खटिरहेका हुन् । मोरङको मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उ�. . .


६० वर्षपछि श्रीलंकाले हटायो महिलाहरुलाई मदिराजन्य पदार्थ सेवन प्रतिबन्ध

काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ । बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ व. . .


हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

टेगुसिगाल्पा, पुस २६ गते ।   हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको. . .