खेलकुद

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

काठमाडौं । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ । सोही क्रम. . .


प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

काठमाडौं । आगामी माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ। इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो। फाइनलमा सुष्मा गोदावरीले दिए�. . .


व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

पथरी (मोरङ) । एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त क�. . .


फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइ. . .


अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

पुणे (भारत) । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल �. . .


खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताएका छन् । एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडियो प्रस्तुती तथा निर्देशनात्मक कार्यक्रममा बोल्दै उनले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बत�. . .


करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

महाराष्ट्र, पुणे (भारत) । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रत. . .


एन्फाले तोक्यो विराट गोल्डकप सेड्युल फागुन तेस्रो सातालाई

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा नवौं संस्करणको विराट गोल्डकप आयोजना गर्न फागुन तेस्रो सातालाई सेड्युल तोकेर ट्रष्टलाई पत्र पठाएको छ । एन्फाले विराट गोल्डकप ट्रष्टलाई नवौं संस्करणको गोल्डकप आयोजनाको मिति तोकेरै पत्र काटेको हो । विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुस�. . .


विराटनगरमा ‘मिनी बीबीए फेस्ट २.०’ बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट २.०' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सेन्ट जोसेफ स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्�. . .


यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर । महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँ. . .


विराटनगर फुटसल लिगको उपाधि एबी ५ एफसीलाई

विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको उपाधि एबी ५ एफसीले जितेको छ। मंगलबार विराटनगरको मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) भएको फाइनल खेलमा एबी ५ एफसीले स्टार बोइज एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो संस्करणको लिगको उपाधि जितेको हो। विजेता. . .


भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलेफ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् । कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र क. . .