विशेष

बझाङमा ४ दशमलव पाँच रेक्टर स्केलको परकम्प

काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी. . .


उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

वीरगञ्ज (पर्सा) । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो । छठ पर्वका लागि दुल्ही झैँ सिँगारिएको वीरगञ्जसहित तराई–मधेसका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदीमा श्रद्धालुहरुको �. . .


सर्लाहीमा गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभय. . .


विपिन जोशीको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

काठमाडौँ । इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ । दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्त�. . .


इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकको मृत्यु, ३६ घाइते

मङ्गलबारे (इलाम) । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । आज साँझ मेची राजमार्गस्थ�. . .


हेडको शतकीय पारीमा अष्ट्रेलियालाई विश्वकपको उपाधि

काठमाडौँ । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप-२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको हो । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २�. . .


२३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित . . .


विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

भीष्मराज ओझा/रासस काठमाडौँ । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन श�. . .


महिला टी–२० सिरिजमा नेपाल तेस्रो

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, . . .


सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

अशोक घिमिरे/रासस काठमाडौँ । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), �. . .


सूर्यको पूजा आराधना गरी छठ मनाइदै

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, �. . .


टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुको प्रदर्शन

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् । आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी छन् । उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् ।. . .