विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .
नवराज कट्टेल विराटनगर, बैशाख ६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि . . .
विराटनगर बैशाख ६ , उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ । केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उ�. . .
विराटनगर बैशाख ५ । शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास र. . .
विराटनगर बैशाख ५, उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो। थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट�. . .
विराटनगर बैशाख ५ । मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने कोरोना नेगेटिभ देखिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनि भ�. . .
विराटनगर बैशाख ५, विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् । बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साब. . .
प्रज्ञा तिमल्सिना । मानिसको शरीरमा कोरोनाभाइरस भए/नभएको पत्ता लगाउने प्रमुख विधि ‘पीसीआर’ र ‘र्यापिड टेस्ट’ हो । र्यापिड टेस्ट रगतबाट परीक्षण गरिन्छ भने पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ ।चिकित्सकहरुकाअनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए/नभएको ५० देखि ८० प्रतिशतमात्र पत्ता ल�. . .
विराटनगर । प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट प�. . .
विराटनगर, बैशाख ४, मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ । बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो । उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको �. . .
विराटनगर बैशाख ४ , झापाका एक युवामा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप परिक्षणको लागि बिराटनगर ल्याइएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना भाइरस संक्रमण नभएको विराटनगरको कोशी अस्पतालले जनाएको छ । २७ द�. . .
झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .