सम्पूर्ण समाचार

रानी नाकाबाट प्रवेश गर्दागर्दै चारलाख ७० हजारसहित पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा प्रवेश गरेका व्यक्तिलाई चेकजाँच गर्दा साथमा चारलाख ७० हजार रुपैँया फेला पारेको छ । उक्त रकमको स्रोत नखुलेपछि विराटनगर–१५ का संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको छ । उनी �. . .


पारा टेबल टेनिसमा विराटनगरका स्विकृत न्यौपानेले नेपालका लागि जिते रजत पदक

विराटनगर । युएइमा आयोजना भएका ‘२०२५ दुबई युथ एशियन गेम्स’को पारा टेबल टेनिस खेलतर्फ विराटनगर–१० का स्विकृत न्यौपानले ऐतिहासिक रजत पदक जितेका छन् । नेपालको पारा टेबल टेनिसमा यो अन्तराष्ट्रियस्तरको पहिलो पदक हो । ग्रुप स्टेजमा नेपालले कजाकिस्तानलाई ३–०, किर्गिस्तानलाइ ३–० र इरानलाइ ३–२ ले पराजि�. . .


नोबेल नहरमा गफ गरिरहेका दुईजना पक्राउ, चेकजाँच गर्दा साथमा ब्राउन सुगर

विराटनगर । विराटनगर–४ स्थित नोबेल नहर अगाडी गफ गरिरहेका दुई व्यक्तिलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिइकन चेकजाँच गर्दा साथमा ब्राउन सुगर फेला परेको छ । ब्राउन सुगर साथमा रहेका एक व्यक्ति मोटरसाइकलमा थिए, अर्का व्यक्ति समेत मोटरसाइकलमै थिए । उनीहरु दुवैलाई प्रहरीले मार्क गरेरबिहीबार दिउँसो विर�. . .


झुम्का कारागारबाट फरार थुनुवा सुन्दरहरैंचाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनमा गत भर्दौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका एकजना थुनुवा पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरापालिका–६ का ३१ वर्षीय अजित श्रेष्ठ उनकै घरबाट बिहीबार पक्राउ परेका हुन् । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि �. . .


‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’:मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहम. . .


मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ। परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्। गोठभित्रै भएको यो आक्रम�. . .


विराटनगरमा अत्याधुनिक पूर्वाधार सहित ५ करोडको लगानीमा ‘विराट स्पोट्र्स जोन’

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अत्याधुनिक खेलकुदका पूर्वाधार सहित पाँच करोड रुपैयाँको लगानीमा 'विराट स्पोट्र्स जोन' संचालनमा आउने भएको छ । विराटनगर दुधफारम पूर्व करिब ३० कठ्ठा जमिनमा निर्माण गरिएको स्र्पोट जोन यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । प्रदेशको खेलकु�. . .


शिलन्यास भएको साढे ६ वर्ष बित्यो, विराटनगर गुद्रीमा बनेन ग्रिनरी पार्क

सोनु साह विराटनगर । विराटनगर–९ स्थित अति व्यस्त गुद्री बजारमा बनाउने भनिएको ‘ग्रिनरी पार्क’ शिलन्यास भएको साढे छ वर्षसम्म पनि बनेन । व्यापार गरेर बसिरहेका व्यापारी हटाएर खुल्ला चौरमा रुपान्तरण भएको थियो । बजार आउनेका लागि सवारी रोक्न सहज थियो । तर, पार्क बनाउन भन्दै स्रोत व्यवस्थापन गरेर शिलन्यास ग�. . .


नेपालमा उडाइने ड्रोनबारे वहस, युएभी विमानको सफल उडान गरियो

काठमाडौं । चीनस्थित ग्वाङझाउ सिभिल एभियसन कलेज (जीसीएसी) र ड्रोन हब नेपालद्वारा संयुक्त रूपमा आयोजित बहुप्रतिक्षित मानवरहित हजाइ सवारी साधन (युएभी) कार्यशाला हाइडअवे ग्ल्याम्पिङ सफलतापूर्वक सम्पन्न भएको छ । देशभरका विद्यार्थी, शिक्षक तथा ड्रोनप्रेमीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन. . .


निर्वाचन सुरक्षामा छैन चुनौती : डिआईजी घिमिरे

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले आगामी फागुन २१ गतेको निर्वाचन गराउन ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका डिआईजी घिमिरे कोशी प्रदेशको सुरक्षा जिम्मेवारी लिएर आएपछि बिहीबार पत्रकारसँग अन्तरक्�. . .


जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई �. . .


कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो । प्रतिमामा मेस्स. . .