सम्पूर्ण समाचार

दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको �. . .


नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणसहित तीनको बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक . . .


‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

काठमाडौँ । विगत केही दिनदेखि देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।. . .


विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

भरतपुर । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र. . .


काठमाडौँबाट खोटाङतर्फ आउदै गरेको जीप सुनकोशीमा खस्दा तीन बेपत्ता

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का क�. . .


केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र प. . .


भोजपुरको मोथेटार कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या

भोजपुर । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् । षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको �. . .


विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा

विराटनगर । संस्थागत विद्यालयका विद्यार्थी नियन्त्रण गर्न शिक्षकहरुलाई हम्बेहम्बे पर्न थालेको छ । विद्यालय परिसरका सबै स्थानको निगरानी सिसी क्यामरा र भौतिक रुपमा विद्यालयका कर्मचारी तथा शिक्षकले गर्ने गर्दछन् । तर, विराटनगर–११ स्थित सगरमाथा बोर्डिङ स्कुलले भने छात्रहरुको शौचालयमा समेत सिसी क्या�. . .


मधेस प्रदेश : कानुन निर्माणमा गति, कार्यान्वयनमा गतिरोध

जनकपुरधाम । ‘यो संविधान र अन्य कानुनको अधिनमा रही प्रदेशको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा प्रदेश मन्त्रिपरिषद्मा रहनेछ’ नेपालको संविधानको भाग १३ को धारा १६२ को उपधारा २ मा भएको व्यवस्था हो यो । यही व्यवस्थाअनुरुप अरु प्रदेशमा जस्तै मधेसमा पनि कार्यकारी अधिकार . . .


अन्तर्वार्ता-बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय (बजेट) प्रस्तुत भइसकेको छ । यही जेठ २१ गतेदेखि बजेट र त्यससँग सम्बन्धित प्रस्तावमा छलफल प्रारम्भ हुँदैछ । साथै लामो समयदेखि प�. . .


ईलामबाट बुबाको हत्या गरेको अभियोगमा पक्राउ

ईलाम । ईलामबाट बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भ�. . .


दरबार हत्याकाण्डको २२ वर्ष पूरा

काठमाडौं । आज नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा त्रिभुवन सदनमा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निरा. . .