सम्पूर्ण समाचार

नवौँ राष्ट्रिय खेलकुद : करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्�. . .


स्मार्ट बन्दैछन् खानेपानी संस्था , उपभोक्ता र व्यवस्थापकमा यसरी आयो परिवर्तन

काठमाडौँ । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अ�. . .


गुन्जिन छाडे ‘यानीमाया’ भाका

ढोरपाटन । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले ग. . .


झापामा दुर्घटना हुँदा एक जनाको मृत्यु

दमक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफि�. . .


नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको ट. . .


मन्त्रीबाटै आचारसंहिता उल्लंघन

काठमाडौं । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न प. . .


नवौँ राष्ट्रिय खेलकुद : १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

कास्की । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ । यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई �. . .


शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको प�. . .


विराटनगर महानगरद्वारा सडक मापदण्डमा परेका भौतिक संरचना हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ । सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ । महानगरले शनिबार विराटनगर-३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ । महानगरका मेयर नागे�. . .


फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होडबाजीमा नेता

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्म�. . .


युकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी

मलेखु । सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिनुभएको छ । पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन् । महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमे. . .


मनसुन बाहिरिँदै

काठमाडौं । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको . . .