सम्पूर्ण समाचार

पञ्चेबाजाको मौलिकता हराउँदै

टक्सार (भोजपुर) । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो. . .


नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसा. . .


धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार व�. . .


आठ महिनामा भित्रिए तीन लाख २६ हजार विदेशी पर्यटक

काठमाडौं । कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ । अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय �. . .


मिटरब्याजी समस्या : सम्भव भएकाको हकमा मिलाप गराइँदै

काठमाडौं । मुलुकका विभिन्न जिल्लाका स्थानीय प्रशासनले मिटरब्याजी समस्याका सम्बन्धमा सम्भव भएकाको हकमा मेलमिलापको नीति अवलम्बन गरिरहेको यससम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले जनाएको छ । कतिपय पीडितका प्रमाण नपुग्ने र कतिपय अपस्थामा सामान्य किसिमका समस्या रहेकाले मिल्ने र उपयुक्त देखिएकाको हक�. . .


निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गर्न सूचना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएक�. . .


झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा । हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ । मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ जङ्गली हात्तीको आक्रमणबाट गर्दा घाइते भएक. . .


बस्तीमा सोझिएको कोसीको धार रोक्न आपत्कालीन संरक्षण कार्यारम्भ

काठमाडौँ । गएको साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोँच हुँदै कोसी नदीले बस्तीतर्फको बाटो सोझ्यायो । स्थानीयवासीका अनुसार विसं २०४५ सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । चौँतीस वर्षपछि कोसीले पुरानै धार पहिल्याउँदै बस्ती पस्दा ठूलो क्षति भएको छ । हालै गरिएको एक अध. . .


मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले मौलिक चाडको संरक्षण र प्रवद्र्�. . .


राष्ट्रपति भण्डारीबाट गौरा पर्वका अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व २०७९ का अवसरमा दिनुभएक�. . .


गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन् : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गर्नुभएको छ । गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले ती लोक संस्कृत�. . .


उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्. . .