सम्पूर्ण समाचार

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनि�. . .


वेस्ट बैंकको झडपमा दुई प्यालेस्टिनीको मृत्यु

इरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच छुट्टाछुट्टै झडप भएको छ । बिहीबार बिहान भएको यस झडपमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेको र जेरुसेलम बाहिर कलान्डिया. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङबाट ४५८ खेलाडी छनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मोरङ जिल्लाबाट ४५८ खेलाडी छनौट भएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङबाट २७ खेल विधाका लागि खेलाडी छनौट भएका हुन् । जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौट प्रत. . .


जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका-४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा उदयपुर गाईघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले �. . .


निर्वाचन सन्दर्भ : तात्दै चुनावी माहोल

महोत्तरी । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा महोत्तरीमा राजनीतिक माहोल तात्दै छ । दलहरु आन्तरिक बैठकमा सम्भावित उमेद्वारबारे छलफलमा छन् भने आम सर्वसाधारण कुन दलबाट को उमेद्वार बन्लान् र चुनावी नतिजा कस्तो आउला भन्ने लख काटिरहेका छन् । जिल्लामा अहिले सत्तारुढ पाँच दलीय गठबन्धनका बै�. . .


केराबारीकाे हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवी एकजनाको मृत्यु

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍�. . .


विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

अन्नपूर्ण (कास्की) । प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो । प्लास्टिक सडक सय मिटर मात्र छ । हजारौँ हजार किलोमिटरको कोशेढुङ्गा हो �. . .


निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आ. . .


बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

धनकुटा । प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखापरेपछि उहाँले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटाम�. . .


जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ:विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । यसका साथै . . .


विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । दक्षिण कोरिया र मलेसियामा कोभिड–१�. . .


सामाजिक सञ्जालको ‘पोस्ट’ले पैतालीस वर्ष जेलमा

साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पु¥याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पु¥याएको आरोपमा साउदी अरबको सबैभन्दा ठू�. . .