सम्पूर्ण समाचार

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक यही असार १३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द�. . .


विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

काठमाडौँ । विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक �. . .


विराटनगरबाट अवैध लागूऔषधसहित १९ वर्षिय बुढाथोकी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध ६४ एम्पुल लुपिजेशिक, ६४ एम्पुल एभिल, ६४ एम्पुल डाईजेल्याब र ६४ एम्पुल फेनारगन सहित रामेछाप मन्थली नगरपालिका-१२ बस्ने १९ वर्षिय सुभाष बुढाथोकीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागू औ�. . .


आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित . . .


चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो । उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरी�. . .


भारी वर्षाले चीनको जियाङ्सीमा २० लाखभन्दा बढी मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा जुन १६ देखि २१ गते शनिबार बेलुका ४ः३० बजेसम्म परेको भारी वर्षाका कारण २० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार पछिल्लो चरणको वर्षाले प्रान्तका ७४ काउन्टी प्रभावित छन् भ�. . .


क्यामरुनको एभिनियर क्लबलाई हेम्जा गोल्डकप फुटबलको उपाधि

कास्की । क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ । हेम्जा युनाइटेडको आयोजनामा यही असार ४ गतेदेखि पोखरा–२५ स्थित गौरीशङ्कर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा आयो�. . .


आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गर्नुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक स�. . .


जिसस सप्तरीमा कांग्रेसका साह विजयी

राजविराज । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी हुनुभएको हो । उहाँले २३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) गठबन्धनका उम्मेद. . .


रासस अध्यक्ष झाद्वारा पदबहाली

काठमाडौं । राष्ट्रिय समाचार समिति रासस का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग ग�. . .


प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रमिला सुनुवारको ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका खिजीमा आज ५४ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले. . .


जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण. . .