दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो । कांग्रेसको नेतृत्वमा रहेको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६९ हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .
काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेक. . .
झापा । विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा ज�. . .
जुम्ला । जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमा समेत समस्या आएको जनाइएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टे�. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन् । शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । एक स्थानीयले भने, 'चुनाव र पार्टी�. . .
चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा. . .
काठमाडौं । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र . . .
सप्तरी । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएप. . .
बाँके । बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएक�. . .
विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइ�. . .
विराटनगर । नेकपा एमालेले आज दिउँसो विराटटनगरमा चुनावी सभा आयोजना गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरसहित धरान, इटहरी र सुन्दरहरैंचामा चुनावी सभा आयोजना हुने भएका हुन् । विराटनगरको जैन भवनको भुनावी सभालाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।. . .