सम्पूर्ण समाचार

अन्डर–१८ जुनियर मेन्स सिङ्गल्स टेबल टेनिस प्रतियोगिता : मोरङलाई स्वर्ण पदक

विराटनगर । दाङमा सम्पन्न स्वर्गीय खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८ मा मोरङका विश्व बाँनिया स्वर्ण पदक जित्न सफल भएका छन् विराटनगरस्थित कोशी मल्टिपल क्याम्पसको कक्षा १२ मा अध्ययनरत बाँनियाले को अन्डर–१८ जुनियर मेन्स सिङ्गल्सतर्फ सो पदक जित्न सफल भएका हुन् । प्रतियोगि�. . .


पाल्पा बस दुर्घटना, सातको मृत्यु

पाल्पा । यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश�. . .


दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आइतबार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले जनाएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा फैलिएको थियो । उक्त दुर्घटनाम हालसम्म कुनै हताहतको खबर आएको छैन । "आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही . . .


गाजा दहलाई बजेट अभाव

–तारानाथ आचार्य बागलुङ ।बागलुङको जैमिनी नगरपालिका–३ स्थित सुन्दर गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा हुन सकेको छैन । दुई हजार ४०० मिटर उचाइको गाजाको धुरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले थालेको अभियानलाई मूर्तरुप दिन यहाँक�. . .


मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ । "दुर्घटनाको परिणाम स्वरूप पाँच जन�. . .


पचास लाख नगदसहित विराटनगरकि एक महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु.५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु.५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको ह. . .


स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा

सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्�. . .


विराटनगरमा मारवाडी प्रिमियर लिग आयोजना हुँदै

विराटनगर । मारवाडी समुदायको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता मारवाडी प्रिमियर लिगको नवौँ संस्करण यही फाल्गुन ११ गते देखि १४ गते सम्म विराट नर्सीङ होम पूर्व शंकरपुर ग्राउन्ड मा आयोजना हुँदैछ । प्रतियोगितामा मारवाडी समुदायका विभिन्न घटक-नेपाल अग्रवाल युवा मञ्चको टीम, महेश्वरी युवा मञ्चको टीम, ओस्�. . .


अनेरास्ववियु मोरङमा विवाद/ नेतृत्वले एकलौटी निर्णय गर्न खोजेको आरोप

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङको २३ औँ जिल्ला सम्मेलनमा विवाद उत्पन्न भएको छ । अध्यक्षका दौडमा रहेका चार जना बीच सहमति हुन नसकेपछि विवाद उत्पन्न भएको हो । अनेरास्ववियु मोरङको भावी अध्यक्षका लागि हालका उपाध्यक्षहरु तुलसी घिमिरे, जोसेफ घिमिरे, मिलन घिमिरे र रुपेश खड्का चुना. . .


श्री कृष्ण प्रणामी युवा समाज द्वारा सिरक वितरण

धरान । श्री कृष्ण प्रणामी युवा समाज धरानले धरान-४ छाताचोकमा रहेको पुनर्स्थापना गृहमा रहेका अपाङ्ग,अनाथ,बालबालिका तथा ज्येष्ठ नागरिकहरू सहित ३० जनालाई फाइबरको सिरक वितरण गरेको छ। श्री कृष्ण प्रणामी धर्मका जगत् गुरु श्री १०८ कृष्णमणी महाराजीको ५८ जन्मोत्सवको अवसर पारेर सिरक वितरण गरेको समाजका सल्ला. . .


महाकाली नदीलाई स्वच्छता राख्न आग्रह

दार्चुला । महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले सबैपक्षसँग आग्रह गरेका छन् । कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि उनीहरुले यस सम्बन्धी अभियान नै सञ्चालन गरेका हुन् । अभियन्ता शङ्करसिह धामीले पवित्र नदीको स्वच्छता र संरक्षणका लागि सबैले योगदान गरौँ भन्दै सामूहिक भेला भएर प्रति�. . .


हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ . . .