विराटनगर । मोरङ जिल्ला अदालत अगाडीबाट मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा भारतीय नागरीक पक्राउ परेका छन् । मंगलबार दिउँसो अदालत अगाडिको सडकमा पार्किङ गरेर राखेको २ वटा मोटरसाईकलको लक खोल्ने क्रममा मोरङ प्रहरीले दुई भारतीय नागरीकलाई नियन्त्रणमा लिएको हो । प्रदेश १—०२०४४—७०२९ नम्वरको कालो रङको अप�. . .
काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्�. . .
काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद सचिवालयले सूचना प्रकाशन गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सद�. . .
तेहरान (इरान) । हेलिकोप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्येष्टि जुलुसमा सहभागी हु�. . .
काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक �. . .
विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यही जेठ १० गते बिहीबार महिला-पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका ल�. . .
काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो । १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो । स�. . .
काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीम�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् । धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहिया विरूद्ध पक्राउ पूर्जी जारी. . .
काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि �. . .
मुगु । रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अ. . .