सम्पूर्ण समाचार

राधाकृष्ण रथयात्रामा संकलित भेटी बाढीपीडितका लागि राहत कोषमा हस्तान्तरण

विराटनगर । विराटनगरमा सम्पन्न ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलित भेटी बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको छ। रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले बिहीब�. . .


प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्�. . .


काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा . . .


वर्ल्डलिंकद्वारा प्रधानमन्त्री कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्ध�. . .


जाँचपासमा भेटियो प्लाष्टिक गन, प्रहरीले गरिरहेछ अनुसन्धान

विराटनगर । विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लाष्टिकको बन्दुक (प्लाष्टिक गन) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भन्सार अधिकारीका अनुसार विषय सामान्य नै भएपनि यो गनमा उल्लेखित चेतावनीपूर्ण विवरणमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख थ. . .


विराटनगरमा अल्पसंख्यक नेतृत्व विकास सम्बन्धी दुईदिने कार्यशाला

विराटनगर । समावेशी राजनीतिका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लिड नेपाल झापाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा विराटनगरमा बुधबारदेखि सुरु भएको ‘नेपाली राजनीतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत�. . .


विराटनगरमा रहेको मेरिल्याण्ड कलेजद्धारा बाढी पिडितलाई ५ लाख ११ हजार सहयोग

विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।  कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल. . .


दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसह�. . .


यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्र पनि सँगसँगै तयार गर्नुपर्ने बताएका छन् । बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेश�. . .


सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाएका छन् । उनले नेपालको इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्ने भन्दै यसै दिन धेरै नागरिक हताहत हुनुका साथै कैयौँ पत्रकारसमेत समस्यामा परेको बताए । राज्�. . .


तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबा�. . .


सरकारसँग बलावतीको प्रश्न- भदौ २४ गतेको हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गत वर्ष भदौ २३ गते युवाहरूले गरेको आन्दोलन पवित्र रहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शर्माले भदौ २४ गते भएका हिंसात्मक गतिविधिको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग प्रश्न गरेकी छन् । उनले भदौ २४ . . .