सम्पूर्ण समाचार

म्याक्स टाइगर पिउँदा विराटनगरका समुन्द्रले पाए ४ लाख रुपैयाँको यामाहा मोटरसाइकल

विराटनगर । विराटनगर महानगरपालिका–४ का १९ वर्षीय समुन्द्र पोखरेलले इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरको भाग्यशाली उपहार योजनाअन्तर्गत करिब ४ लाख रुपैयाँ मूल्य पर्ने यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । साथीभाइसँग बसेर १३० रुपैयाँमा म्याक्स टाइगर पेयपदार्थ किनेर पिउँदा पोखरेललाई भाग्यशाली . . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले. . .


परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै राईले विश्वमा द. . .


कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीमा आयोजना हुन लागेको कोप ३१ को सम्मेलनमा नेपालको तर्फबाट क्रिएसन नेपालले जिरो वेस्टको शिर्षकमा प्यानल छलफल सन्चालन गर्न लागिएको क्रिएसनका महासचिव रोशना सुवेदीले. . .


युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

पोखरा । युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सा�. . .


मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक

काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका . . .


डिजिटल सेवा विस्तार भए पनि डेटा सुरक्षा र गोपनीयतामा नेपाल पछाडि : कार्यकारी निर्देशक सिग्देल

काठमाडौं । डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले डिजिटल सेवाको विस्तारसँगै नेपालमा इन्टरनेट पहुँच र सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढ्दै गए पनि नागरिकको डेटा सुरक्षा, गोपनीयता र साइबर सुरक्षाको अवस्था कमजोर रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले �. . .


विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति�. . .


सम्बन्धित निकायले सडकका खाल्डा नपुरेपछि विराटनगरका जनता आफैँ सडकमा उत्रिए

विराटनगर । सडकमा बनेका खाल्डाखुल्डी लामो समयसम्म सम्बन्धित निकायले मर्मत नगरेपछि विराटनगरका स्थानीयवासी आफैँ सडक मर्मतमा जुटेका छन् । विराटनगरको रोडशेष चोकदेखि तालिम केन्द्र चोकसम्मको सडकमा लामो समयदेखि खाल्डाखुल्डी अलपत्र अवस्थामा रहेपछि विराटनगर–१३ स्थित सैनिक टोल समाजसेवा समिति, सौगात सहक�. . .


बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

काठमाडौं । बेलायतको संसद्का सदस्यहरूले नेपाली गोर्खा सैनिकहरूको योगदानको स्मरण गर्दै लन्डनस्थित ह्वाइटहलमा स्मृति समारोह आयोजना गरेका छन् । नोभेम्बर ४ मा बेलायती रक्षा मन्त्रालयको सामुन्ने रहेको गोर्खा सैनिकको प्रतिमामा आयोजित समारोहमा बेलायतका सांसद, नेपाली प्रतिनिधि, गोर्खा भेट्रान तथा विभिन. . .


नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी

काठमाडौं । कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको �. . .


आज विराटनगरमा भव्य सांगीतिक कार्यक्रम, म्युजिक फेस्टिवलको सम्पूर्ण तयारी पूरा

विराटनगर । विराटनगरको जैन भवनमा आज भव्य सांगीतिक कार्यक्रम हुँदैछ । लाइभ इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको पाँचौँ संस्करणको ‘विराटनगर म्युजिक फेस्टिवल–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुति दिन काठमाडौंँबाट नेपालका चर्चित सांगीतिक ब्यान्ड एल्बाट्रस र रक�. . .