सम्पूर्ण समाचार

विराटनगरको उत्तरी क्षेत्रका घरमा सफाई सदस्यतासँगै एक बिरुवा संरक्षण

इन्दु साह विराटनगर । विराटनगरको उत्तरी क्षेत्रमा सात हजार घरमा बिरुवा रोपिने भएको छ । उत्तरी क्षेत्रको नेपाल फुलबारी वेस्ट थ्री आर पोल्युसन कन्ट्रोल कम्पनीले फोहोर संकलन गर्दै आएको छ । कम्पनीले सफाई सदस्यता लिएका घरमा एक बिरुवा जगाउन संरक्षण समेत गर्ने भएको हो । विगत लामो समयदेखि फोहोर उठाउँदै आईर�. . .


खेलकुद महासंघ विराटनगर कमिटीको प्रथम अधिवेशन सम्पन्न

विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । त्यसैगरी उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, सहस�. . .


प्रचण्ड सरकारबाट दुषित परिणाम निस्किने खतरा बढेपछि मिल्नुपर्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले पटक पटक काँध हाल्दा समेत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गति लिन नसक्दा संसदका दुई ठुला दल मिल्नुपरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले थिति बसाल्ने. . .


सुमना श्रेष्ठको चेतावनी : हेप्ने काम नगर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद्य सुमनाले भुट�. . .


माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन् : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्। उनले भने, ‘सत्त. . .


संघमा आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई स्वागत

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भूपालराज शाक्यलाई विराटनगरका उद्योगी व्यवसायीहरूले स्वागत गर्दै कर प्रशासनका समस्याका बारेमा छलफल गरेका छन् । मोरङ उद्योग व्यापार संघले भर्खरै सरुवा भएर आएका प्रमुख कर अधिकृत शाक्यलाई स्वागत गर्दै समस्याबारे ध्यानाकर्षण गराएको हो । . . .


विश्वासको मत माग्दै ओलीले भने : ‘भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताएका हुन् । उनले भने, ‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि स�. . .


डा.शेखरको प्रश्न : ‘हिजोको त्यो आत्मियता कहाँ गयो ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएको�. . .


वीपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले वीपीले नेपाली साहित्य,. . .


भोजपुरमा श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा. . .


ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुन सक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो। शुक्रबार सोही पुरानो दमकलका बारेमा जानकारी दिन आयोजित �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोब�. . .