देशको खबर

अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

कैलाली । धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका-३ बस्ने. . .


सरकारले गणतन्त्र दिवस तीन दिनसम्म भव्यरूपमा मनाइने

काठमाडौँ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारो�. . .


सुनको मूल्य बढ्यो

विराटनगर । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । बिहिबार सुनको मूल्य ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९�. . .


भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

भादगाउँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८. . .


हत्या गरेको अभियोगमा पक्राउ

कपिलवस्तु । आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खब�. . .


जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौटहट चन्द्रपुर नगरपालिका-१ घर भएका ४३ वर्षीय नारायण प्रसाद धितालको उक्त खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्राभाग काँडाघार�. . .


काठमाडौं महानगरमा बालेनले कटाए २१ हजार मत

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । बिहिबार बिहान निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २१८१५ पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १११२४ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठल. . .


हल्का वर्षाको सम्भावना

विराटनगर। आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहिबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायु, भारतक�. . .


बागलुङका दुई पालिकामा राष्ट्रिय जनमोर्चा विजयी

बागलुङ । राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका पुन यो . . .


पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको छ ।. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपियाँ . . .


अवैध लागूऔषध सहित चार जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिए. . .