देशको खबर

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो

सिन्धुपाल्चोक ।   कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुम�. . .


गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलक. . .


कम्पनी दर्ता घट्यो, चार महिनामा ८ हजार ९ सय मात्र थपिए

काठमाडौ ।  सरकारले कम्पनी दर्ता प्रकृया सरल र सहज बनाएको भने पनि पछिल्लो चार महिनामा दर्ता संख्या घटेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार ८ हजार ९ सय ४३ कम्पनी दर्ता भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ सय ६७ ले कमी हो। गत वर्षको प�. . .


‘बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, ब्ल्याङ्केटले बेरेर सेप्टिक ट्यांकीमा शव लुकाए’

धादिङ । गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए । मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’ अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’ तर धे�. . .


नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि…

काठमाडौं– पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् । गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् । उनले कार्यक्रममा सहभागी ह�. . .


अभिनेता दीपक क्षेत्री आफ्नै कोठामा मृत भेटिए

काठमाडौं  । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन ।  डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।  प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । क. . .


धनुषा बम विस्फाेट : घाइते इन्सपेक्टरको पनि ज्यान गयो

धनुषा - धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विस्फाेटमा ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ । विस्फाेटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फाेटमा छिरेश्वर बजारका राजे�. . .


धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट : बाबु-छाेराकाे मृत्यु, इन्सपेक्टर सहित ५ जना घाइते

धनुषा । धनुषाको महेन्द्र नगरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ जना घाइते भएका छन् । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएकाे र २ जनाको मृत्यु भएको धनुषाका प्रमुख जिल्ल्ला अधिकारी प्रदीप कडेलले पुष्�. . .


नयाँ शैक्षिक सत्रबाट अब एकै शिक्षकबाट सबै विषय अध्यापन

प्रकृति अधिकारी काठमाडौँ, मङ्सिर २७ गते । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा ल�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो । उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन�. . .


नेपाली सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भारत सरकारलाई चेतावनी पत्र

क्यानडा। भारतबाट नेपालमा भइरहेको सिमा अतिक्रमणको विरोध गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) क्यानडाको नेतृत्वमा टोरोन्टोमा रहेको भारतीय दुतावास अगाडी प्रदर्शन भएको छ । भारत सरकारले पछिल्लो समयमा नेपालका भू–भागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो रा. . .


नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् । हीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्। उनलाई यस अवार्डले थप आत्मविश्वास दिलाएको छ। यसअघि अनुष्का हेड टु हेड च्याल�. . .