देशको खबर

स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे काठमाडौँमा

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत अभिवादन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले ज. . .


नागमणि उपलब्ध गराउने भन्दै एक करोड ८९ लाख ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी . . .


एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक घर भई का. . .


भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा बुधबार आउँदै, प्रधानमन्त्रीसँग शुक्रबार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उहाँ नेपाली सेनाको मानार्थ. . .


बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् । प्रहरी जवा�. . .


लाङ्टाङ पदमार्गका पर्यटकीय होटल फेरी बन्द

कोभिड– १९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल मंगलबार देखि बन्द गरिएको छ । लकडाउन खुला भएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयाैं पर्यटकीय होटल तथा लज बन्द भएको हो । चिसोयाम बढेसँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ क्षेत्रमा कोरोना संक्रमण बढ्�. . .


स्काउटको प्रदेश १ तदर्थ समिति विरुद्ध विराटनगरमा संघर्ष समिति गठन

विराटनगर । नेपाल स्काउटले प्रदेश १ का लागि गठन गरेको तदर्थ समिति विरुद्ध नयाँ संघर्ष समिति गठन भएको छ । नेपाल स्काउटले रवि खनाल नेतृत्वमा प्रदेश १ तदर्थ समिति गठन गरेको थियो । त्यसका विरुद्ध मोरङमा बृहत स्काउटरहरुको भेला आयोजना गरेर नयाँ समिति गठन गरिएको हो । नयाँ समितिको नेतृत्व स्काउटका पूर्व जिल्ल. . .


भारतीयलाई नागरिकता दिलाउने वडाध्यक्ष धरौटीमा रिहा, लिने कारागार चलान

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत कैलालीमा सोमबार भए�. . .


आज सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर र�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७८

१. ‘छोरी सुरक्षा कार्यक्रम’ नेपालको कुन प्रदेशमा पहिलोपटक सुरुवात गरिएको हो ? --- कर्णाली प्रदेश [२०७६ पौष १ देखि] २. विश्वको सबैभन्दा सफा नोट अमेरिका को हो भने सबैभन्दा फोहोर नोट कुन देशको रहेको छ ? --- ताइवान ३. मेसिन रिडेबल पासपोर्ट (एम.आर.पी) गर्ने पहिलो नेपाली महिला को हुन् ? --- अनुराधा कोइराला [ISO चिन्ह प्र�. . .


तत्काल नआउने भयो बंगलादेशबाट सापटी मल

धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । �. . .


प्रधानमन्त्री केपी शर्मा ओली बाट केसीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उ. . .