देशको खबर

व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित भएको छ ।

काठमाडौं, १० फागुन। २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्द. . .


गुण्डा नाइके पुन र आले मारिए

बुटवल, फागुन ९ । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । देवदह नगरपालिका–४ भवानीपुरमा गोली लागेर ढलेका दुवै जनालाई लुम्बिनी अञ्चल . . .


आज बिहानै ३.६ रिक्टर स्केलको पराकम्प

काठमाडौँ, फागुन ९ गते । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को पराकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ प�. . .


धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज

धनगढी,९ फागुन । धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ । बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्ष�. . .


बनेपाका खानेपानी आउने धारामा रगत आएपछि

काभ्रे, ८ फागुन  ।  खानेपानी आउने धारामा रगत आएपछि बनेपा नगरपालिका दक्षुटोलका स्थानीय बासिन्दा अचम्ममा परेका छन् । हप्तामा २ दिन मात्र पानी आउने गरेकोमा खानेपानीको सट्टा रगत आउन थालेपछि स्थानयीहरु अचम्मका साथै समस्यामा परेका छन् । उनीहरुका धारामा रगत आएपछि टोलभरकै स्थानीय बासिन्दा नगरपालिकामा डेल�. . .


पोखरामा बम विष्फोट हुदा प्रहरी र पत्रकार घाइते

पोखरा । विजयपुरमा बम विष्फोट भएको छ ।  विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । विष्फोटमा एक पत्रकारसहित दुई जना घाइते भएका छन् ।नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थि�. . .


नेपाल कम्युनिष्ट पार्टीले आयोगमा मंगलबार दल दर्ता गराउने, संसदमा अब ४ पार्टी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन्। दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए। यीमध्ये पहिलो दल नेकपा एमाले र तेस्रो माओवादी केन्द्रबीच सोमबार राति एकता भएर नेपाल कम्युनिस्ट पा�. . .


एमाले र माओवादी केन्द्रबीच एकीकरण सात बुँदे सहमति,पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी”

प्रकाश सिलवाल काठमाडौँ,  (रासस)। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर�. . .


एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने

काठमाडौं, फागुन ८ । नेकपा एमालेसँग पार्टी एकता गर्ने सहमति भएसँगै नेकपा माओवादी केन्द्र अब सरकारमा सहभागी हुने भएको छ ।  एमाले र माओवादीबीच गएराति अबेर सात बुँदे सहमति भएपछि माओवादीलाई सरकारमा जान बाटो खुलेको हो । माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीले बिहीबारसम्म केही नेतालाई सरकारमा पठाउनेछ �. . .


जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

बाजुरा (रासस) ।  बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप �. . .


​चितवनमा दुई वडा अध्यक्षको मृत्यु , फरार चालक पक्राउ

चितवन,७ फागुन  । चितवनको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा गए राति भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको सोमबार उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्य�. . .


नेपाल टेलिकमको आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’

काठमाडौं,  ७ फागुन ।  प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध  गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ । जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० म�. . .