देशको खबर

नयाँ कानुनमा यस्ताे छ बलात्कारीलाई सजाय !!

नबिन राई काठमाडाै‌ं । पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ। बलात्कारका विभत्स घटनाहरू बढिरहेका छन् । नारी हकका आवाज जति सशक्त हुँदै गरेका भए पनि आखिर यस्ता घटना. . .


चितवनमा पुलबाट एउटा भारतीय ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

रत्ननगर, साउन २६ गते । चितवनको नारायणगढ­मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जु. . .


महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई कारवाही सिफारिश

जाजरकोट साउन २६ । महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उहाँलाई कारवाही प्रक्रिया अघि बढाएको हो । सह�. . .


छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण

कपिलवस्तु । छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका हुन् । घरेलु हातहतियार, लाठीसहित एकसय बढीको संख्याम�. . .


३३ किलो सुनकाण्डः ठूला नेता तानिने भएपछि प्रतिवेदन गायब

काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुईं भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त �. . .


नेपालमा पनि अब ‘सिग्नेचर पुल’ बन्ने

भउचप्रसाद यादव काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ । यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्�. . .


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भारत र चीनको भ्रमण गर्ने

काठमाडौंँ, साउन २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनको उच्चस्तरीय राजनीतिक भ्रमण गर्नुहुने भएको छ । अध्यक्ष प्रचण्डले आगामी भदौ २२ देखि २७ गतेसम्म भारतको साताव्यापी भ्रमण गर्नु हु�. . .


बंगलादेशले नेपालसँग ५ हजार मेगावाट विद्युत् खरिद गर्ने

काठमाडौं । नेपाल र बंगलादेशले ऊर्जा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममाझ दुई देशबीच लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा बंगलादे�. . .


फेमिली तेलको उद्योगमा प्रशासनको छापा, गोदाममा शिलबन्दी गरी तेल बिक्री गर्न रोक

वीरगंज २५ साउन । ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले छापा मारी गोदाममा शिलबन्दी गरेको छ। फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरि. . .


बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

काठमाडौँ (रासस) । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ ।  बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिइन् । समाजमा महिल�. . .


गाई–गोरु मारे तीन वर्ष कैद, चोट पुराएमा ५० हजार रुपैयासम्म जरिबाना हुने

काठमाडौं, २४ साउन । गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउन. . .


कैलालीमा एउटा उद्योगमा अज्ञात समूहद्वारा बम विस्फोटन

धनगढी, साउन २४ गते । कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । स्थानीयवासी यज्ञबहादुर ओलीको उ�. . .