देशको खबर

देशका धेरै ठाउँमा शुक्रबार र शनिबार वर्षाको सम्भावना, सीमावर्ती क्षेत्रमा हावाहुरीकाे सम्भावना

काठमाडौँ, २२ चैत ।  काठमाडौँलगायत देशका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका. . .


कर्मचारी समायोजन सकस : डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

काठमाडौं, २२ चैत ।  कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी डाक्टरले आजबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। डाक्टरले आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै सरकारले पनि अत्यावश्यक सेवामा हड्ताल गर्न रोक लगाउने विषयमा निर्णय भएको सार्वजनिक गरेको छ. . .


ओबी क्लिक : २७ जनाकाे ज्यान गएकाे हावाहुरी प्रभावित क्षेत्रमा बालबालिकाकाे विजाेग, १८ मार्मिक तस्विरहरु

बारा, २१ चैत । आइतबार राती बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा आएको हावाहुरीले अकल्पनिय क्षती गर्याे । जसबाट २७ जनाले ज्यान गुमाए भने करिब ५ सय भन्दा बढी घाइते भए । यसबाट बालबालिका वढी प्रभावित भए । बाराकाे फेटा र देउताल गाउँपालिका हावाहुरी प्रभावित क्षेत्रमा अस्तब्यस्त थियाे । बालबालिका पिडामा दे�. . .


एसईईको प्रश्नपत्र ‘आउट’ गर्ने २ प्रहरीसहित ६ जना पक्राउ

सप्तरी, २१ चैत । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहर�. . .


जो दोषी, उही न्यायाधीश ! ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न

काठमाडौँ , २१ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर�. . .


नेपाल प्रहरीद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा . . .


गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार जना प्रहरीको नियन्त्रणमा

बैतडी चैत्र २० – बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डा. . .


त्रिभुवन विश्वविद्यालयलेअब स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा नै उपलब्ध गराउने

–शरद शर्मा काठमाडौँ चैत्र २० , त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टा�. . .


आज बुधबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँ

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।. . .


राष्ट्रिय विकास परिषद् बैठक आजदेखि आयोजना सुरु हुदै

काठमाडौँ, चैत २० गते । आगामी पञ्चवर्षीय योजना निर्माणमा जुटेको राष्ट्रिय योजना आयोगले बुधबार र बिहीबारका लागि राष्ट्रिय विकास परिषद् बैठक आयोजना गर्दैछ । बैठकमा समृद्ध नेपाल र सुखी नेपालीको मूल लक्षसहित दीर्घकालीन सोचको १५ औँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ । दीर्घकालीन सोचस�. . .


बारा र पर्सामा वर्षासहितको भीषण हावाहुरीको मौसमविदको भनाइमा कारण यस्तो

चाँदनी हमाल काठमाडौँ,  चैत २० गते । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले थप्नुभयो, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” यो सि. . .


माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । झट्ट सुन्दा नाटकजस्त�. . .