देशको खबर

बारा र पर्सा विपद : टेलिकमको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह

काठमाडौं चैत्र १९ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर २ को बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा वाधा पर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन आग्रह गरेको छ । दूरसञ्चार प्राधिकरणले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “उक्त प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अ. . .


बारा र पर्सा क्षेत्रमा विपद : मौसमविद भन्छन “स्याटेलाइटका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर”

चाँदनी हमाल काठमाडौं, चैत १९ गते । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको वि�. . .


दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित हावाहुरी पनि चलेपछि स्थानीय त्रसित

दैलेख, १९ चैत । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । रा�. . .


राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिरलाई अमर्यादित ढङ्गले सामाजिक सञ्जालमा पोस्ट गर्ने २ जना पक्राउ

काठमाण्डौ, १९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अत्यन्त अमर्यादित, अशोभनीय देखिने गरी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले राष्ट्रप्रमुख र सरकार प्रमुखको मानमर्दन गर्न�. . .


बारा र पर्सामा विनाशकारी हावाहुरी : कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।  मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस�. . .


प्रदेश २ सरकारद्वारा राष्ट्रिय शाेककाे घाेषणा गर्न स‌ङ्घिय सरकारसँग आग्रह

जनकपुर, १८ चैत । प्रदेश दुई सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् । आइतबार राति आएको हावाहुरीका कारण बार�. . .


प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान

जनकपुर, १८ चैत ।  प्रदेश दुई सरकारले आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहान बसेको परिषदको आकस्मिक बैठकले तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हावाहुरीमा परी ३१ जनाको ज्यान �. . .


भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रु�. . .


कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति ब�. . .


बारामा आइतबार साँझ भीषण हावाहुरी : कम्तीमा २४ जनाको मृत्यु

बारा, १७ चैत । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली से. . .


महिलाको हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ

 रौतहट, १७ चैत। रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, चैत १७ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्ग�. . .