देशको खबर

साढे चार केजी आइस ड्रग्ससहित पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं, ३ साउन । साढे चार केजी आइस ड्रग्ससहित जापान जान लागेका एक पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। २५ वर्षीय मेन्डिज पेरिरा टिआगो भारत हुँदै जापान जान लागेका थिए। इन्डियन एयरबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि चेकजाँच कक्षमा मेन्डिस समातिएका हुन्। मेन्डिसले मोबाइल र पर्स�. . .


युवतीसंग होटलमा बसेका युवा मृत भेटिए, युवती पक्राउ

तुलसीपुर,३ साउन । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानका�. . .


नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अब कसैसँग चन्दा नलिने निर्णय

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले  सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था �. . .


सावधान ! तराईमा विषालु सर्पको बिगबिगी , जोगिएर बस्नु पर्ने अवस्था

चाँदनी हमाल/सरोज ढुङ्गेल काठमाडौँ, साउन ३ गते । नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका सप्तरी तिलाठीका रामनारायण देव बताउनुहुन्छ । सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत�. . .


जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ

वीरगञ्ज, ३ साउन । जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल वीरगञ्जबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुर घर भई हाल वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डीप्रसाद गण वीरगञ्ज, पर्सामा लेखापालको रुपमा कार्यरत दुर्गा तिमल्सिनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परे�. . .


धनगढीमा बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु

काठमाडौँ, ३ साउन । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । ब. . .


धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि

कैलाली, २ साउन । कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  धनगढीको निलम होटल अगाडि विस्फोटको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले पुष्टि गरेका हुन् । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्‍न. . .


शिक्षकको कुटाईबाट ज्यान गएका माधवको दश दिनसम्म अन्त्येष्टी हुन सकेन

भीमदत्तनगर साउन २ । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन । भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो । शवको पोष्टमार्टम रिपोर्ट �. . .


बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु , २९ अझै बेपत्ता

काठमाडौँ, साउन २ गते । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसा. . .


साउन अर्थात : हरियो चुरा, पहेँलो पोते र मेहन्दी

यलु जोशी काठमाडौंँ, साउन २ गते । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्क; सबै उमेर समूहलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने पाका महिलामा मात्र सीमित मे. . .


साउन ७ देखि सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा

वीरजंग, २ साउन । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ ।  विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (स�. . .


लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

काठमाण्डौ,२ साउन । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ�. . .